Home प्रदेश खबर मधेस प्रदेश Archive by category बारा (Page 2)
बारा मधेस प्रदेश

कोल्हवीको राहत अभियानमा राजनीतिक दलदेखि संघसंस्थासम्मको साथ, १ लाख २६ हजार ३३० नगदसहित राहत सामग्री बाढीपीडितका लागि पठाइयो

सुरज बिक्रम कोल्हवी । बाढी तथा विपद्बबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले कोल्हवी उद्योग वाणिज्य संघको पहलमा संकलन गरिएको राहत सामग्री जिल्ला प्रशासन कार्यालय बाराको समन्वयमा भोटेकोशी, रसुवा र नुवाकोटका बाढीपीडितका लागि पठाइएको छ। कोल्हवी उद्योग वाणिज्य संघका अध्यक्ष राम प्रसाद
प्रविधी बारा मधेस प्रदेश

मिटरबिनाको विद्युत् खेलमा कालिका इन्टरप्राइजेजमाथि प्रश्नैप्रश्न, लाइन काटिएपछि महसुलको हिसाब कहाँ ?

सुरज बिक्रम | बारा बाराको कोल्हवी बजारमा विद्युत् जडानसम्बन्धी विवादमा परेको कालिका इन्टरप्राइजेजको विद्युत् लाइन काटिएको छ। कोल्हवी बजारका नगरपालिकाका सटरहरूमा विद्युत् जडानको प्रक्रिया र मिटरको अवस्थाबारे प्रश्न उठाउँदै समाचार प्रकाशित भएपछि कालिका इन्टरप्राइजेजको विद्युत् काटिएको स्वास्थ्य शाखाका प्रमुख मनोज चौधरीले जानकारी दिएका छन्। समाचारमा कालिका इन्टरप्राइजेजले
प्रदेश खबर बारा

बारा कोल्हवी–९ मुसर्नाका २० वर्षीय युवा असल ढुंगानाको उद्यमशील छलाङ, हेटौँडामा ३५ लाख लगानीको ‘सेक्रेट क्लोथिङ’

हेटौँडा । बारा जिल्ला कोल्हवी नगरपालिका–९, मुसर्ना घर भएका युवा उद्यमी असल ढुंगानाले युवा उमेरमै करिब ३५ लाख रुपैयाँ लगानी गरेर हेटौँडामा ‘सेक्रेट क्लोथिङ’ सञ्चालनमा ल्याएका छन्। केवल २० वर्षको उमेरमै व्यवसायमा प्रवेश गरेका ढुंगानाले हेटौँडा उपमहानगरपालिका–४, खोपेगल्लीमा आधुनिक फेसन तथा गुणस्तरीय कपडा बिक्री गर्ने उद्देश्यसहित क्लोदिङ व्यवसाय सुरु गरेका हुन्। युवा पुस्तामा
बारा मधेस प्रदेश

बोलेर होइन, गरेर देखाउने संकल्प : महागढीमाईमा चन्दन स्वर्णकार र उमाशंकर रौनियारको रोजगारी अभियान

सुरज बिक्रम ,बारा । महागढीमाई नगरपालिकामा स्थानीय युवालाई रोजगारीसँग जोड्ने उद्देश्यसहित उद्योगमार्फत आर्थिक गतिविधि विस्तार गर्ने अभियानले गति लिन थालेको छ। लामो समयदेखि रोजगारीको खोजीमा युवा विदेशिनुपर्ने तथा अन्य सहरमा पलायन हुनुपर्ने अवस्थाबीच चन्दन स्वर्णकार र उमाशंकर रौनियारले स्थानीयस्तरमै रोजगारीका अवसर सिर्जना गर्ने प्रतिबद्धता अघि सारेका छन्। ‘बोलेर होइन, गरेर
बारा मधेस प्रदेश

भोटेकोशी बाढीपीडितको राहतमा कोल्हवी एकजुट : राजनीतिक दल, उद्योग–व्यवसायी, सहकारी, संघसंस्था र नागरिक समाजको सहभागितामा १५ सदस्यीय समिति गठन

कोल्हवी, बारा । सुरज विक्रमभोटेकोशीमा आएको विनाशकारी बाढी तथा डुबानबाट प्रभावित नागरिकको सहयोगका लागि बाराको कोल्हवीमा १५ सदस्यीय ‘बाढीपीडित राहत सहयोग समन्वय समिति’ गठन गरिएको छ। कोल्हवी नगर उद्योग वाणिज्य संघको विशेष पहलमा बिहीबार आयोजित सर्वदलीय तथा सर्वपक्षीय बैठकले राहत संकलन, व्यवस्थापन र वितरणलाई व्यवस्थित तथा पारदर्शी बनाउने उद्देश्यले समिति गठन गरेको हो। कोल्हवी
बारा मधेस प्रदेश

मेयरको ठाडो आदेशमा कालिका इन्टरप्राइजेजको विद्युत् खेल? कोल्हवी बजारमा वर्षौंदेखिको रहस्य खुल्दै

बारा । बाराको कोल्हवी बजारमा नगरपालिकाले भाडामा लगाएका सटरहरूमा विद्युत् जडान तथा वितरण गरिएको विषय अहिले विवादको केन्द्रमा पुगेको छ। कालिका इन्टरप्राइजेजले आवश्यक प्रक्रिया पूरा नगरी विद्युत् जडान गरेर सटरहरूमा आपूर्ति गरेको आरोप लागेपछि यस घटनामा कालिका इन्टरप्राइजेज मात्र होइन, कोल्हवी नगरपालिका र नगर प्रमुख राम प्रसाद चौधरीको भूमिकामाथि समेत गम्भीर प्रश्न उठेको छ।
बारा मधेस प्रदेश

पुल बग्यो, गुणस्तरमाथि प्रश्न उठेपछि भुक्तानी रोक्ने नगरपालिकाको चेतावनी

सुरज बिक्रम बारा । बाराको कोल्हवी नगरपालिका–८ मा निर्माणाधीन पुल निर्माण सम्पन्न नहुँदै वर्षाको पानीले बगाएपछि निर्माणको गुणस्तर, ठेकेदार कम्पनीको कार्यशैली र प्राविधिक अनुगमनमाथि गम्भीर प्रश्न उठेको छ। सार्वजनिक बजेटबाट निर्माण भइरहेको पुल पूरा हुन नपाउँदै पानीको बहावले संरचनामा क्षति पुर्‍याएपछि स्थानीयस्तरमा आक्रोशसमेत बढेको छ। निर्माणमै कमजोरी देखिइसकेको अवस्थामा
बारा मधेस प्रदेश

तामागढीदेखि सिम्रौनगढसम्म ४० किलोमिटर सडक सरसफाइ तीव्र, दुर्घटना न्यूनीकरणमा हेटौंडा सडक डिभिजनको पहल

बारा । हेटौंडा सडक डिभिजन कार्यालयले तामागढीदेखि सिम्रौनगढसम्मको करिब ४० किलोमिटर सडकखण्डको दायाँ–बायाँ सरसफाइ तथा झाडी फँडानी कार्यलाई तीव्रता दिएको छ। सडक किनारमा बढेका झाडी, बोटबिरुवा तथा अनावश्यक वनस्पति हटाउँदै सडकलाई थप खुला, सुरक्षित र यात्रुमैत्री बनाउने उद्देश्यले सरसफाइ अभियान सञ्चालन गरिएको हो। सडक सरसफाइको काम गत साउन १८ गतेदेखि सुरु गरिएको हो। हाल उक्त […]
बारा मधेस प्रदेश

दुई महिनामै पुल बग्यो, कोल्हवी नगरपालिकाको मिलोमतो कि लापरबाही ?

बारा । बाराको कोल्हवी नगरपालिका–८ मा निर्माण सम्पन्न भएको करिब दुई महिनामै पुल बाढीले बगाएपछि निर्माणको गुणस्तर, प्राविधिक अनुगमन र सार्वजनिक बजेटको सदुपयोगमाथि गम्भीर प्रश्न उठेको छ। छोटो समयमै पुल बग्नुले निर्माणमा कमजोरी भएको हो वा असारे बजेट सकाउने क्रममा हतारमा काम गरिएको हो भन्ने प्रश्न स्थानीयले उठाएका छन्। स्थानीयका अनुसार उक्त पुल निर्माण सम्पन्न […]
बारा मधेस प्रदेश

घटना भएपछि होइन, घटना हुनुअघि नै सावधानी : आफ्नै खर्चमा गाउँ उज्यालो बनाउँदै समाजसेवी सारजङ्ग थापा

बारा । पछिल्लो समय बाराका विभिन्न स्थानमा चोरी, बालबालिका हराउने तथा अन्य आपराधिक गतिविधिका घटना सार्वजनिक भइरहेका बेला कोल्हवी नगरपालिका–५ अन्तर्गत पर्ने रामवन गाउँमा समाजसेवी सारजङ्ग थापाले आफ्नै खर्चमा पोलमा बत्ती जडान गरेका छन्। रातको समयमा गाउँ तथा आसपासका क्षेत्र अँध्यारो हुँदा हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै थापाले व्यक्तिगत खर्चमा बत्ती जडान गरेका हुन्।
jQuery(document).ready(function ($) { $(document).on('click', '.pum-close', function (e) { e.preventDefault(); e.stopPropagation(); var $currentPopup = $(this).closest('.pum'); if ($currentPopup.length) { var popupId = $currentPopup.attr('id').replace('pum-', ''); PUM.close(popupId); } }); });