बारा मधेस प्रदेश राष्ट्रिय

गरिमा चौधरी हत्या प्रकरण : न्यायको माग गर्दै काठमाडौंमा प्रदर्शन, बारामा परिवारको धर्ना जारी

५ भदौ, काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको भन्दै काठमाडौंमा समेत विरोध प्रदर्शन भएको छ। घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्नुपर्ने मागसहित अधिकारकर्मी तथा मृतक बालिकाका आफन्तहरू प्रदर्शनमा उत्रिएका हुन्।

प्रदर्शनका क्रममा सहभागीहरूले ‘गरिमालाई न्याय दे’ लगायतका नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए। उनीहरूले बालिकाको मृत्युको घटनालाई गम्भीर रूपमा लिएर निष्पक्ष अनुसन्धान गर्न तथा दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।

गरिमा चौधरीका परिवारजनले भने घटनापछि बारामै निरन्तर आन्दोलन गर्दै आएका छन्। बालिकाका आमा–बुवासहित परिवारका सदस्यहरू न्यायको माग गर्दै सडकमा धर्नामा बसेपछि वीरगञ्ज–पथलैया सडकखण्डसमेत तेस्रो दिन अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा यात्रु तथा सवारीसाधन आवागमन प्रभावित भएको छ।

यसैबीच, बिहीबार राति प्रशासन र स्थानीय व्यक्तिहरूबीच भएको भनिएको सहमतिलाई मृतक परिवारले अस्वीकार गरेका छन्। परिवारको सहमति र जानकारीबिना प्रशासनले सहमति गरेको भन्दै उनीहरूले उक्त सहमति आफूहरूका लागि मान्य नहुने स्पष्ट पारेका छन्।

मृतक बालिकाका बाबु मनोज चौधरीले सरकारले घटनालाई गम्भीर रूपमा लिएर आवश्यक कानुनी सुधारको प्रतिबद्धता जनाउनुपर्ने माग गरेका छन्। उनका अनुसार गृहमन्त्री सुधन गुरुङ र कानुनमन्त्री सोबिता गौतम स्वयं घटनास्थलमा आएर नेपालको कानुन संशोधन तथा यस्ता जघन्य अपराधमा कडा व्यवस्था गर्ने प्रतिबद्धता जनाउनुपर्छ।

परिवारले आफ्नी छोरीको न्यायका लागि आन्दोलन जारी राख्ने बताउँदै आएको छ। उनीहरूले आर्थिक सहयोग वा अन्य कुनै सम्झौताभन्दा पनि घटनाको निष्पक्ष छानबिन, दोषीको पहिचान र कानुनअनुसार कडाभन्दा कडा कारबाहीलाई प्राथमिकता दिएका छन्।

काठमाडौंसम्म फैलिएको प्रदर्शनले गरिमा चौधरीको घटनाप्रति राजधानीमा समेत चासो बढाएको छ। प्रदर्शनकारीहरूले पीडित परिवारको माग सम्बोधन गर्न तथा घटनाको अनुसन्धानलाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेका छन्।

गरिमा चौधरीको घटनालाई लिएर बारामा जारी आन्दोलन कहिलेसम्म समाधान हुन्छ भन्ने स्पष्ट नभए पनि परिवारले न्यायको सुनिश्चितता नभएसम्म आन्दोलन नरोक्ने अडान राखेको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

jQuery(document).ready(function ($) { $(document).on('click', '.pum-close', function (e) { e.preventDefault(); e.stopPropagation(); var $currentPopup = $(this).closest('.pum'); if ($currentPopup.length) { var popupId = $currentPopup.attr('id').replace('pum-', ''); PUM.close(popupId); } }); });