बारा मधेस प्रदेश

झाडीमा लुकाइराखिएको ५ थान सालको गोलिया बरामद, कोल्हबीमा वन गस्ती कडा

सुरज बिक्रम,बारा । कोल्हबी नगरपालिका–४ लामपोईनीस्थित झाडीबाट प्रहरीले अवैध रूपमा लुकाइराखिएको ठूलो परिमाणको सालको काठ बरामद गरेको छ। वन क्षेत्रमा अवैध कटान तथा चोरी निकासी भइरहेको आशंकाबीच प्रहरी र वन कर्मचारीको संयुक्त टोलीले खोजतलास गर्दा पाँच थान सालको गोलिया फेला पारेको हो।

कोल्हबी सब–डिभिजन वन कार्यालयका वन अधिकृत कृष्ण पटेलका अनुसार संयुक्त टोलीले झाडी क्षेत्रमा निगरानी तथा खोजतलास गर्ने क्रममा काठ बरामद गरेको हो। बरामद काठको कुल परिमाण १९ क्युफिट रहेको छ भने यसको अनुमानित बजार मूल्य करिब ४२ हजार रुपैयाँ बराबर रहेको वन कार्यालयले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा उक्त सालको काठ वन क्षेत्रबाट अवैध रूपमा कटान गरी चोरी निकासी गर्ने उद्देश्यले झाडीभित्र लुकाएर राखिएको हुनसक्ने अनुमान गरिएको छ। तर, संयुक्त टोली घटनास्थलमा पुग्दा काठ लुकाउने व्यक्ति वा समूह भने फेला पर्न सकेन।

वन क्षेत्रमा काठ कटान गरी लुकाएर राखिएको भेटिएपछि वन कार्यालयले घटनालाई गम्भीर रूपमा लिएको जनाएको छ। काठ कसले र कहाँबाट कटान गरी ल्याएको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित व्यक्तिको पहिचान खुलेपछि प्रचलित वनसम्बन्धी कानुनअनुसार आवश्यक कारबाही अघि बढाइने डिभिजन वन कार्यालय बाराले जनाएको छ।

डिभिजन वन अधिकृत सुजितकुमार झाले वन क्षेत्रमा हुने अवैध कटान तथा काठको चोरी निकासी नियन्त्रण गर्न निगरानी र गस्तीलाई थप प्रभावकारी बनाइएको बताएका छन्। वन क्षेत्रको संरक्षणका लागि नियमित गस्ती, निगरानी तथा शंकास्पद गतिविधिमाथि निगरानी बढाइएको उनको भनाइ छ।

पछिल्लो समय वन क्षेत्रमा लुकिछिपी काठ कटान तथा चोरी निकासी हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै वन कर्मचारी र सुरक्षा निकायबीचको समन्वयमा निगरानी बढाइएको छ। लामपोईनीबाट बरामद भएको सालको गोलियाको घटनाले पनि वन क्षेत्रमा हुने अवैध गतिविधिमाथि थप निगरानी आवश्यक रहेको देखाएको छ।

बरामद काठलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी वन कार्यालयको नियन्त्रणमा राखिएको छ भने घटनामा संलग्न व्यक्तिको खोजी तथा पहिचानका लागि अनुसन्धान अघि बढाइएको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

jQuery(document).ready(function ($) { $(document).on('click', '.pum-close', function (e) { e.preventDefault(); e.stopPropagation(); var $currentPopup = $(this).closest('.pum'); if ($currentPopup.length) { var popupId = $currentPopup.attr('id').replace('pum-', ''); PUM.close(popupId); } }); });