सुरज बिक्रम | बारा बारा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य गणेश धिमालको स्वकीय सचिव (पीए) नियुक्तिको विषयलाई लिएर स्थानीयस्तरमा असन्तुष्टि चुलिएको छ। स्वकीय सचिव पदका लागि आवेदन दिएका हरिओम रौनियारको आवश्यक योग्यता नपुगेपछि उनको नाम प्रक्रियाबाट हटाइएको अवस्थामा उनकै भाइ सुरेन्द्र रौनियारलाई
सुरज बिक्रम | बारा बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ सिमराकी तीन वर्षीया बालिका गरिमा चौधरीको जघन्य बलात्कारपछि हत्या भएको पासविक घटनाले देशभर आक्रोशको आगो बालेको थियो। पीडित परिवार र नागरिक समाजले स्थानीयस्तरदेखि काठमाडौँको सडकसम्म निरन्तर आन्दोलन र दबाबका कार्यक्रम गरेपछि अन्ततः मध्यराति सरकार र पीडित परिवारबीच तीन बुँदे सहमति जुटेको छ। गृह मन्त्रालयमा शनिबार अबेरसम्म
सुरज बिक्रम | बारा बाराको कलैया उपमहानगरपालिका–१ कट्टीपर्सास्थित घरछेउबाट शनिबार साँझदेखि अचानक बेपत्ता भएकी २३ महिने बालिका बिन्दी मण्डल आइतबार बिहान सकुशल फेला परेकी छन्। बालिका भेटिएपछि अहोरात्र चिन्तामा डुबेको परिवार र स्थानीय समुदायमा ठूलो राहत र खुसी छाएको छ। यद्यपि, २३ महिनाकी अबोध बालिका घरबाट करिब साढे दुई किलोमिटर टाढा रहेको सिसवा महेशपुरसम्म कसरी […]
सुरज बिक्रम,बारा — तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले बाराको समाज अझै शोक र आक्रोशमा रहेका बेला जिल्लामै फेरि एक २ वर्षीया बालिका बेपत्ता भएकी छन्। कलैया उपमहानगरपालिका–१ स्थित कट्टी पर्सा टोलबाट शनिबार साँझदेखि बालिका बेपत्ता भएपछि परिवार, स्थानीयवासी तथा सुरक्षा निकायमा चिन्ता बढेको छ। बालिका बेपत्ता भएको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी […]
विशेष रिपोर्ट | बारा मुख्य बालीनाली सप्रिने तथा गोडमेल गर्ने समयमा रासायनिक मलको अभाव झेलिरहेका बाराका किसानका लागि कोल्हवी नगरपालिका–५ बोधवनस्थित श्री परोपकार कृषि सहकारी संस्था लि. ले गरेको मल वितरणले राहत दिएको छ। सहकारीले मौज्दातमा रहेको युरिया र डीएपीसमेत पारदर्शी रूपमा किसानलाई वितरण गरेपछि स्थानीय किसानले यसको प्रशंसा गरेका छन्। तर, सोही क्षेत्रमा रहेका […]
सुरज बिक्रम,बारा — कोल्हबी नगरपालिका–१ पुरानो बभनीमा निर्माणाधीन रामजानकी मन्दिरको निर्माण कार्यलाई लिएर निर्माण समिति, ठेकेदार र नगरपालिकाबीच विवाद देखिएको छ। स्थानीयको चन्दा संकलनबाट सुरु गरिएको मन्दिर निर्माणका लागि बजेट अभाव भएपछि निर्माण समितिले वडा कार्यालयसँग सहयोग मागेको थियो। निर्माण समिति अध्यक्ष स्थानीय राजदेव चौधरीका अनुसार वडा कार्यालयको पहलमा वडा अध्यक्ष
बारा — दीक्षा खड्काको रचना के महिला साँच्चिकै समाजको ‘महिलो’ अर्थात् फोहोर हुन् त? यदि होइनन् भने, महिला भएकै कारण भ्रूण हत्या किन? शिक्षामा रोक, क्षमतामा रोक, अवसरमा रोक र अधिकारमा रोक—केवल महिला भएकै कारण किन? महिला भएकै कारण आफ्ना इच्छा, रहर र सपनाहरू मारेर बाँच्नुपर्ने अवस्था कहिलेसम्म? महिलाको कपडाले पुरुषलाई आकर्षित गर्छ भन्ने सोचका […]
५ भदौ, काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको भन्दै काठमाडौंमा समेत विरोध प्रदर्शन भएको छ। घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्नुपर्ने मागसहित अधिकारकर्मी तथा मृतक बालिकाका आफन्तहरू प्रदर्शनमा उत्रिएका हुन्। प्रदर्शनका क्रममा सहभागीहरूले ‘गरिमालाई न्याय दे’ लगायतका नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।
सुरज बिक्रम,बारा । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर बारामा स्थानीयको आक्रोश बढ्दै गएको छ। दोषीलाई कडा कारबाही र घटनाको निष्पक्ष छानबिनको माग गर्दै बिहीबार जीतपुरसिमरा उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा प्रदर्शन तथा सडक अवरोध गरिएको छ। घटनाको विरोधमा आन्दोलनरत स्थानीयले उपमहानगरपालिकाभित्रका विभिन्न ग्रामीण सडकमा टायर बालेर यातायात अवरुद्ध गरेका
सुरज बिक्रम | कलैया, भदौ ३ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको मृत्यु भएको घटनामा जिल्ला प्रहरी कार्यालय बाराले अनुसन्धानलाई तीव्र बनाउँदै दुई जनालाई नियन्त्रणमा लिएको छ। घटना सार्वजनिक भएलगत्तै प्रहरी उपरीक्षक नरेन्द्र कुँवरको प्रत्यक्ष कमाण्डमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले





















