कृषि शिक्षा र किसानको आत्मनिर्भरता प्रवर्द्धनमा कोल्हवी–८ ले थाल्यो नयाँ अभियान कोल्हवी, बारा। कोल्हवी नगरपालिका–८ नयाँबस्तीमा लामो समयदेखि बन्द अवस्थामा रहेको डीब बोर्डिङ्ग वडा अध्यक्ष अनुप सुवेदीको सक्रिय पहल, समन्वय र निरन्तर प्रयासपछि पुनः सञ्चालनमा आएको छ। कृषि शिक्षा, किसानको क्षमता
कोल्हवी, बारा ।कोल्हवी नगरपालिका–११ को नयाँ टोल बेलवास्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय को अवस्था हेर्दा सरकारी शिक्षा प्रणालीको वास्तविक चित्र झल्किन्छ। विद्यालयमा अध्ययनरत विद्यार्थीको संख्या जम्मा १७ जना छ। तर विद्यालयमा ५ जना शिक्षक कार्यरत छन् भने प्रदेश सरकारबाट हरेक वर्ष करिब १० लाख रुपैयाँ बजेट खर्च हुने गरेको स्थानीयको भनाइ छ। यति ठूलो […]
प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदा प्रशस्त, तर योजना र लगानीको अभावमा पर्यटन क्षेत्र ओझेलमा कोल्हवी, बारा (असार १६)। बारा जिल्लाको कोल्हवी नगरपालिका प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, जैविक विविधता र मौलिक थारु संस्कृतिले सम्पन्न क्षेत्र भए पनि पर्यटन विकासमा अपेक्षित प्रगति हुन नसकेको पाइएको छ। पर्याप्त सम्भावना हुँदाहुँदै पनि आवश्यक पूर्वाधार, दीर्घकालीन योजना र
नागरिकका गुनासा प्रत्यक्ष सुन्ने, प्रहरी सेवाप्रति विश्वास बढाउने र जनतासँग खुला संवाद गर्ने उद्देश्यले आयोजना गरिने नागरिक सुनुवाइ कार्यक्रम नै यसपटक कोल्हवीमा विवादको विषय बनेको छ। इलाका प्रहरी कार्यालय कोल्हवीले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रम सर्वसाधारणको पहुँचभन्दा बाहिर, सीमित व्यक्तिको उपस्थितिमा बन्द कोठाभित्र सम्पन्न भएपछि स्थानीयले कार्यक्रमको औचित्यमाथि नै
कोल्हबी (बारा)। बाराको गतिविधि डटकममा प्रकाशित मृगौला पीडितको उपचारका लागि संकलित सहयोग रकम र सहकारी बचत हिनामिनासम्बन्धी समाचारपछि सम्बन्धित सहकारी संस्था तथा किशोर बस्नेत (लिलाबहादुर बस्नेत) ले औपचारिक खण्डनपत्र सार्वजनिक गरेका छन्। खण्डनपत्रमार्फत समाचारमा उठाइएका आरोपहरू अस्वीकार गर्दै प्रकाशित सामग्री तथ्यहीन, एकपक्षीय र संस्थाको प्रतिष्ठामाथि आघात पुर्याउने
बारा, असार १३, बारा। साना किसान कृषि सहकारी संस्था लिमिटेड, बरियारपुर शाखाबाट लिएको ऋण समयमै भुक्तानी नगरेपछि बाराको महागढीमाई नगरपालिका–३ निवासी श्यामबाबु प्रसाद जैसवालविरुद्ध जिल्ला अदालत बाराले सहकारी संस्थाको पक्षमा फैसला गरेको छ। जिल्ला अदालत बाराका माननीय जिल्ला न्यायाधीश जगन्नाथ पौडेलको एकल इजलासले सहकारी संस्थाले दाबी गरेको कर्जा रकम, ब्याज, हर्जना तथा अदालत
बारा/रौतहट। नेपालको कृषि क्षेत्रमा नयाँ अध्याय सुरु हुने संकेत देखिएको छ। स्वदेशी लगानीमा स्थापना भइरहेको एम आर फर्टिलाइजर्स प्रा.लि. ले नेपालमै पहिलो पटक अर्गानो–मिनरल तथा हाइब्रिड मल उत्पादन गर्ने उद्योग सञ्चालनको अन्तिम चरणमा पुगेको जनाएको छ। रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–११, हिमालीबास क्षेत्रमा निर्माणाधीन उक्त उद्योगले आगामी असोज महिनादेखि व्यावसायिक उत्पादन
असार ११, बारा । बारा जिल्लामा सहज रूपमा ‘लाइन’ नमिलेपछि सीमावर्ती रौतहटको बंकुल नाकालाई आधार बनाएर भारतबाट व्यापक रूपमा माछा, फूल तथा अन्य सामानको तस्करी भइरहेको आरोप सार्वजनिक भएको छ। स्थानीय स्रोतका अनुसार बारा बरियारपुरका नामुद तस्कर सियाराम कुशवाहाले बंकुल सीमाक्षेत्रलाई केन्द्र बनाएर तस्करीको सञ्जाल विस्तार गरेका छन्। स्रोतका अनुसार भारतको आन्ध्र प्रदेशबाट फर्मोलिन
बारा । महागढीमाई नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ७२ करोड ८२ लाख ३५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो। नगरपालिकाको १०औँ नगरसभा बाट उक्त बजेट पारित तथा सार्वजनिक गरिएको हो। नगरसभामा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो। नगर प्रमुख उपेन्द्र प्रसाद यादव ले नगरसभाको उद्घाटन गर्दै नीति तथा कार्यक्रम […]
बारा । देवताल गाउँपालिकाको १६औँ गाउँसभा सम्पन्न भएको छ। गाउँसभामा आर्थिक वर्ष २०८३/०८४ का लागि ३२ करोड ७० लाख ३९ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो। गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। गाउँसभामा प्रस्तुत बजेट अनुसार संघीय




















