बारा । कोल्हबी नगरपालिका वडा नं. ८ मा सम्पत्ति नामसारीलाई लिएर गम्भीर पारिवारिक तथा स्थानीय विवाद सार्वजनिक भएको छ। नेकपा एमाले वडा कमिटी अध्यक्ष रुद्र बजगाईंमाथि आफ्नी आमालाई अस्पतालको भेन्टिलेटरमा रहेका बेला जग्गा–जमिन आफ्नो नाममा पास गराएको आरोप लागेको छ। स्थानीय स्रोतका अनुसार बजगाईंले
सुरज बिक्रम ,कोल्हवि । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदनले कोल्हवी नगरपालिकाको आर्थिक अनुशासन र खर्च व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ। प्रतिवेदनअनुसार नगरपालिकाले सवारी साधन मर्मत–सम्भारदेखि इन्धन खर्चसम्म लाखौं रुपैयाँ खर्च गरेको भए पनि त्यसको स्पष्ट अभिलेख, मापदण्ड र खर्चको औचित्य पुष्टि गर्ने आधार पर्याप्त नरहेको उल्लेख
बारा, २६ जेठ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदनले कोल्हवी नगरपालिकाको आर्थिक प्रशासन, खर्च व्यवस्थापन र वित्तीय अनुशासनमाथि गम्भीर प्रश्न उठाएको छ। प्रतिवेदनअनुसार नगरपालिकामा वर्षौंदेखि थुप्रिँदै आएको बेरुजु रकम घट्नुको सट्टा झन् बढ्दै गएको देखिएको छ। चालु आर्थिक वर्षमा मात्रै ३ करोड ३८ लाखभन्दा बढी नयाँ बेरुजु थपिएपछि
योग्य नेतृत्व चयन नगरे मधेसको समृद्धि सम्भव छैन : सञ्चारकर्मी सिमोन न्यौपाने बारा । सञ्चारकर्मी, अन्तर्राष्ट्रिय स्तरका लाइफ कोच तथा वैदेशिक रोजगार एवं श्रम विज्ञ सिमोन न्यौपानेले तराई–मधेस क्षेत्र नेपालको आर्थिक, कृषि तथा श्रमशक्तिको मुख्य आधार भएकाले स्थानीय सरकारमा योग्य, सक्षम र दूरदर्शी नेतृत्व चयन गर्नुपर्ने बताएका छन्। तराई–मधेसमा स्थानीय सरकार चयनसम्बन्धी आफ्नो
काठमाडौं/पर्सा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेश प्रदेश अधिवेशन अनिश्चितकालका लागि स्थगित भएपछि पर्सामा सम्पन्न भइसकेको अधिवेशनको वैधानिकता र आगामी प्रक्रियाबारे समेत अन्योल बढेको छ। केन्द्रीय निर्वाचन आयोगले जारी गरेको अत्यन्त जरुरी सूचनामार्फत मधेश प्रदेश अधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधि तत्काल रोक्ने निर्णय गरेपछि प्रदेशभर पार्टीभित्र नयाँ बहस सुरु
सिम्रौनगढ (बारा)। सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्धको अभियानलाई आफ्नो मुख्य राजनीतिक एजेन्डा बनाउँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराको सिम्रौनगढमा आयोजित नगर समिति गठन कार्यक्रममा विवादको घेरामा परेको छ। वैदेशिक रोजगार बोर्डका पूर्व कार्यकारी निर्देशक डा. द्वारिकाप्रसाद उप्रेतीले नवगठित नगर समितिका पदाधिकारीलाई पद तथा गोपनीयताको सपथ गराएपछि पार्टीको
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारा जिल्ला अधिवेशन अन्ततः स्थगित गरिएको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले आइतबार “अत्यन्त जरुरी सूचना” जारी गर्दै जेठ २६ गतेका लागि तय गरिएको जिल्ला अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि रोकिएको जनाएको हो । रास्वपाको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीद्वारा जारी सूचनामा बारा जिल्लामा सञ्चालन हुने […]
रास्वपाको अधिवेशनमा उत्साहभन्दा बढी विवाद : जिल्लादेखि केन्द्रसम्म नेतृत्व चयनमा तनाव, स्थगन र विरोध
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिबेला पार्टी गठनपछि पहिलोपटक संगठन निर्माणको सबैभन्दा ठूलो अभ्यासमा जुटेको छ । वडा तहदेखि केन्द्रसम्म निर्वाचनमार्फत नेतृत्व चयन गर्ने तयारीसहित रास्वपाले देशभर अधिवेशन सञ्चालन गरिरहेको भए पनि धेरै जिल्लामा भने उत्साहसँगै विवाद, असन्तुष्टि र आन्तरिक संघर्ष चर्किएको देखिएको छ । पार्टीले आगामी ७, ८ र ९ असारमा चितवनमा पहिलो
कोल्हबी । कोल्हबी नगरपालिका वडा नं. ५ मा सार्वजनिक प्रयोजनका लागि निर्माण गरिएको भवन निजी व्यापारीद्वारा मकै भण्डारण (गोदाम) का रूपमा प्रयोग भइरहेको आरोप सार्वजनिक भएपछि स्थानीय स्तरमा विवाद बढ्दै गएको छ। स्थानीयवासीहरूले जनताको करबाट निर्माण गरिएको संरचना समुदायको हितका लागि प्रयोग हुनुपर्नेमा निजी प्रयोजनमा प्रयोग भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूका
कलैया । नेपाल पत्रकार महासंघ बारा शाखाले सञ्चारमाध्यमप्रति विभेदकारी नीति अवलम्बन गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। महासंघले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाउँदै विवादित निर्णय तत्काल फिर्ता लिन माग गरेको हो। महासंघको केन्द्रीय आन्दोलन कार्यक्रमअन्तर्गत बारा शाखाले उपाध्यक्ष प्रीयन्का दासको





















