अन्तिम परिक्षाको मुखमा कोल्हवीका शिक्षक हरु पढाउन छोडेर  संगठन बनाउदै।

हरेक विद्यालयको अन्तिम परिक्षा फाल्गुनको मसान्त वा चैत मा हुने गरेको छ। तर यति बेला कोल्हवी का शिक्षक हरु भने राजनैतिक दलको कार्यक्रममा भाषण गर्न र भातृ संगठनको कमिटी बनाउन व्यस्त छन्।

तर परिक्षाको नतिजा हेर्दा कोल्हवी नगरपालिका को निकै दयनीय अवस्था रहेको छ। गत साल एसईईको परिक्षामा कोल्हवी नगर का धेरै विद्यालयहरु निल गएका थिए । यति हुदा सम्म पनि नगरका शिक्षक हरु भाषण र संगठन निर्माणमा व्यस्त हुदा विद्यार्थीहरुको भविश्य अन्योल बनेको छ।

यता कोल्हवी नगरका शिक्षा विद हरु भन्छन् शिक्षक हरु जग्गा दलाल , विमा दलाल , राजनैतिक दलका झोले बन्दा कोल्हवीका विद्यार्थीहरु सहर विस्थापित हुने अवस्था आईसक्यो। शिक्षकहरु नसुधि्रएको खण्डामा एक दिन विकट पहाडका विद्यालय जस्तै कोल्हवीका विद्यालयहरु खाली हुने डर देखिएको छ।

तर विभिन्न पत्रपत्रिकाहरुले शिक्षक सुधारउन्मुख हुन पर्छ भन्दा राजनैतिक दलको खोल ओडेका शिक्षकहरुले उल्टै पत्रकारहरु लाई धम्कि दिने गरेका छन्।

यति मात्र नभएर कोल्हवी नगरका अधिकान्स शिक्षक शिक्षिका हरु बिमाको एजेन्ट भएको साथै राजनैतिक दलको नगर कमिटीको पदाधिकारी समेत रहेका छन्। साथै कति शिक्षक हरु राजनैतिक दलको कार्यक्रमहरुमा दैनिक जान्छन् र केही शिक्षकहरु पढाउन छोडेर जग्गा दलाली समेत गर्छन्। शिक्षण पेसा सबै भन्दा सम्मानयोग्य पेसा भएपनि शिक्षक हरुको यो क्रियाकलापले कोल्हवी नगरको शिक्षक हरुको ओझ घटाएको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *