काठमाडौं, ६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेश प्रदेशमा संगठन निर्माण र अधिवेशन प्रक्रिया थप अन्योलमा परेको छ। सात जिल्लामा अधिवेशन हुन नसकिरहेको अवस्थामा विधि र प्रक्रिया मिचेर सम्पन्न गरिएका भनिएका केही तल्लो तहका अधिवेशनसमेत खारेज गर्नुपर्ने सुझाव अध्ययन कार्यदलले अघि सार्ने
हेटौंडा । देशभर छरिएर रहेका बगाले थापा बन्धुहरूलाई एउटै छानामुनि एकताबद्ध गर्दै बन्धुत्व, सामाजिक एकता, ऐतिहासिक पहिचान, संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले बगाले थापा वंश सेवा समितिको प्रथम ऐतिहासिक राष्ट्रिय अधिवेशन मकवानपुरको हेटौंडास्थित पल्पसा हलमा सम्पन्न भएको छ। उत्साहपूर्ण वातावरणमा सम्पन्न अधिवेशनले समितिको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
काठमाडौं । नेपाल तिलगंगा आँखा प्रतिष्ठानभित्र आर्थिक अनियमितता तथा शिक्षकहरूमाथि श्रम शोषण भएको दाबीसहित प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा उजुरी परेको छ। प्रतिष्ठानअन्तर्गत सञ्चालन भइरहेका विभिन्न शैक्षिक कार्यक्रममा लामो समयदेखि अध्यापन गर्दै आएका ९ जना शिक्षकले सामूहिक रूपमा संसदीय समितिमा उजुरी दर्ता गराएका हुन्। उजुरीमा
सुरज बिक्रम, काठमाडौं । पुरानो राजनीतिक दल त्यागेर अर्को दलमा प्रवेश गरेका १० जना स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको पद रिक्त भएको छ। निर्वाचन आयोगले सम्बन्धित जनप्रतिनिधिले दल त्याग गरेको विवरण सार्वजनिक गर्दै उनीहरूको निर्वाचित पद रिक्त भएको जानकारी दिएको हो। आयोगले सार्वजनिक गरेको सूचनाअनुसार पद गुमाउनेमा दुई जना गाउँपालिका उपाध्यक्ष र आठ जना वडाध्यक्ष रहेका […]
५ भदौ, काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको भन्दै काठमाडौंमा समेत विरोध प्रदर्शन भएको छ। घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्नुपर्ने मागसहित अधिकारकर्मी तथा मृतक बालिकाका आफन्तहरू प्रदर्शनमा उत्रिएका हुन्। प्रदर्शनका क्रममा सहभागीहरूले ‘गरिमालाई न्याय दे’ लगायतका नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।
हेटौंडा । हेटौंडा निवासी ईश्वर राउतसहित केही व्यक्तिहरूले कपिलवस्तुको जितपुर घर भई हाल माल्टामा रहेको बताइएका दिपक कडेलमाथि वैदेशिक रोजगारीका नाममा लाखौँ रुपैयाँ असुलेको आरोप लगाएका छन्। पीडित पक्षले घटनासम्बन्धी प्रमाण संकलन गरी सम्बन्धित निकायमा उजुरी दिने तयारी गरिरहेको जनाएको छ। पीडितहरूको दाबी अनुसार कडेलले “माल्टा पठाइदिन्छु”, “आकर्षक तलबको रोजगारी मिलाइदिन्छु” तथा
काठमाडौं/पर्सा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेश प्रदेश अधिवेशन अनिश्चितकालका लागि स्थगित भएपछि पर्सामा सम्पन्न भइसकेको अधिवेशनको वैधानिकता र आगामी प्रक्रियाबारे समेत अन्योल बढेको छ। केन्द्रीय निर्वाचन आयोगले जारी गरेको अत्यन्त जरुरी सूचनामार्फत मधेश प्रदेश अधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधि तत्काल रोक्ने निर्णय गरेपछि प्रदेशभर पार्टीभित्र नयाँ बहस सुरु
रास्वपाको अधिवेशनमा उत्साहभन्दा बढी विवाद : जिल्लादेखि केन्द्रसम्म नेतृत्व चयनमा तनाव, स्थगन र विरोध
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिबेला पार्टी गठनपछि पहिलोपटक संगठन निर्माणको सबैभन्दा ठूलो अभ्यासमा जुटेको छ । वडा तहदेखि केन्द्रसम्म निर्वाचनमार्फत नेतृत्व चयन गर्ने तयारीसहित रास्वपाले देशभर अधिवेशन सञ्चालन गरिरहेको भए पनि धेरै जिल्लामा भने उत्साहसँगै विवाद, असन्तुष्टि र आन्तरिक संघर्ष चर्किएको देखिएको छ । पार्टीले आगामी ७, ८ र ९ असारमा चितवनमा पहिलो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्ला भित्र कलैया उपमहानगरपालिका अधिवेशनलाई लिएर विवाद चर्किएको छ । अधिवेशन सम्पन्न भई विजयी उम्मेदवारको घोषणा र शपथग्रहणसमेत भइसकेपछि पुनः उपनिर्वाचन गराइएको भन्दै पार्टी कार्यकर्ताले त्यसको खारेजीको माग गरेका छन् । कार्यकर्ताहरूले पार्टी नेतृत्वमाथि विधानविपरीत निर्णय गरेको आरोप लगाउँदै लोकतान्त्रिक प्रक्रियामाथि
सुरज विक्रम , काठमाडौं — निर्वाचन आयोग ले आगामी २०८४ सालमा हुने स्थानीय तह र प्रदेशसभा निर्वाचन एउटै चरणमा सम्पन्न गर्ने प्रस्ताव राजनीतिक दलहरूसमक्ष अघि सारेको छ। राज्यको खर्च घटाउने, सुरक्षा तथा जनशक्ति व्यवस्थापनलाई सहज बनाउने र निर्वाचन प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित आयोगले यस्तो अवधारणा प्रस्तुत गरेको हो। मंगलबार दलहरूसँग भएको छलफलमा आयोगका कार्यवाहक




















