बारा मधेस प्रदेश राष्ट्रिय

उपराष्ट्रपति यादव अस्पताल भर्ना आज हर्नियाको शल्यक्रिया हुँदै।

उपराष्ट्रपति रामसहायप्रसाद यादव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका छन्। हर्नियाको शल्यक्रियाका निम्ति उनी मंगलबार साँझ अस्पतालमा भर्ना भएका हुन्।

उपराष्ट्रपतिका निजी चिकित्सक डा‍. शिवजीविक्रम सिलवालका अनुसार उनको शल्यक्रिया बुधबार गरिने छ । उपराष्ट्रपति यादव लामो समयदेखि हर्नियासम्बन्धी समस्याबाट पीडित थिए । 

उपराष्ट्रपति यादवको शल्यक्रिया प्राध्यापक डा रमेशसिंह भण्डारी र सहप्राध्यापक डा सुमिता प्रधानले गर्नेछन्।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *