एकीकृत हटिया ग्रुपद्वारा बाढीपहिरो पीडितलाई राहत वितरण
एकीकृत हटिया ग्रुपले मकवानपुर जिल्लाको बागमती र बकैयाका बाढीपहिरो पीडितलाई राहत वितरण गरेको छ ।
सोमबार हेटौंडा–१६ र १७ नम्बर वडाका युवाहरुले खाद्यान्नसहित लत्ताकपडा लिएर गतहप्ताको अविरल वर्षात्बाट पीडित भएका बागमती र बकैया गाउँपालिकामा पुगेका थिए । उनीहरुले बकैया गाउँपालिका ४१ र बागमती गाउँपालिकाका १३ घरधुरीलाई करिब चार लाख रुपैयाँ बराबरको सामग्री जनप्रतिनिधिमार्फत् हस्तान्तरण गरिएको हो ।
ग्रुपले बागमती गाउँपालिकामा पालिका अध्यक्ष सर्केश घलान र बकैयामा गाउँपालिका अध्यक्ष धर्म लामिछानेलाई चामल, तेल, भाडकुँडा, लत्ताकपडालगायत सामग्री हस्तान्तरण गरेका थिए । कार्यक्रम संयजोक शुक्रराज प्रजाका अनुसार हटिया ग्रुपका युवाहरुले स्थानीय व्यवसायी र आफूहरुबाट संकलन गरेको रकमबाट राहत सामग्री खरिद गरेका थिए ।





