एमाले कोल्हबीको दोस्रो नगर अधिवेशन भब्यताका साथ सफल पार्ने युवा संघको निर्णय
एमाले कोल्हबीको दोस्रो नगर अधिवेशन भब्यताका साथ सफल पार्ने युवा संघको निर्णय
नेकपा एमाले पार्टीको कोल्हबी नगरपालिकाका नगर कमिटीले पौष २७ गते शनिबारको दिन नगर अधिवेशन गर्ने भएको छ ।
एमालेको पार्टी कार्यालयमा २० गते शनिबार राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको नगर अधिवेशन तथा जिल्लाबाट प्राप्त सर्कुलर सम्बन्धमा युवा भेला तथा छलफल कार्यक्रममा भब्यताका साथ आफल पार्ने निर्णय गरेको हो ।
राष्ट्रिय युवा संघ नेपाल कोल्हबी नगर कमिटीको अध्यक्ष सरोज कुमार चौधरीको सभापतित्व तथा बिशिस्ट अतिथि नेकपा एमालेको मधेस प्रदेश सदस्य ढुण्डीराज उप्रेती , पार्टी जिल्ला कमिटी सदस्य शिवहरी आचार्य , पार्टी नगर कमिटी अध्यक्ष पुरनदेव चौधरी , उपाध्यक्ष कृष्ण ढकाल , सचिब नन्देश्वर चौधरी (सागर), संगठन केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज दिपिका शाह , संगठन जिल्ला सचीव दिपेन्द्र सुवेदी “रसिक” , संगठन जिल्ला सचिवालय सदस्य सुमित्रा बस्नेत , अनेम संघ नगर कमिटी अध्यक्ष दिप लक्ष्मी खरेल , ४ नम्बर वडा अध्यक्ष विष्णुप्रसाद मैनाली लगाएत ११ वटा वडा का युवाहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा सो पार्टीको अगुवा नेता तथा कार्यकर्ताहरुले अधिवेशन सफल पार्ने विभिन्न सल्लाह तथा सुझाव मन्तव्यको क्रममा ब्यक्त गर्नु भएको थियो ।
त्यस्तै युवा संघ नेपाल कोल्हबी नगर समितिका सचीव विरेन्द्र चौधरीले भेलाको उदेश्य प्रष्ट पार्दै कार्यक्रम संचालन गर्नु भएको थियो ।





