अर्थ कोल्हवी नगरपालिका प्रदेश खबर मधेस प्रदेश वडा नं ५

बाराको कोल्हवि – ५ बाट १७० किलो गाँजासहित दुई जना पक्राउ

प्रहरीले बाराको कोल्हबीबाट एक सय ७० किलो लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक महिला र एक पुरुष छन्।

कोल्हबी नगरपालिका ५ सोनाभार टोलस्थित दिनदयाल चौधरीबाट प्रहरीले उक्त परिमाणको गाँजा बरामद गरेको हो। गाँजासंगै प्रहरीले दिनदयालकी पत्नी ५२ वर्षीय मनमती चौधरी र सोनाभार टोलका ५० वर्षीय रमोद चौधरीलाई नियन्त्रणमा लिएको छ।

गाँजा लुकाएर राखेको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय कोल्हबीका प्रहरी निरीक्षक किसन बस्नेतको नेतृत्वमा पुगेको प्रहरी टोलीले दिनदयालको घरमा खानतलासी गरेको बाराका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए। सापकोटाका अनुसार दिनदयालको घरमा लुकाएर राखेको अवस्थामा २१ वटा पोकामा राखिएको एक सय ७० किलो गाँजा बरामद भएको हो।

पक्राउ परेका दुबैलाई जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रवक्ता सापकोटाले बताए।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *