जितपुरसिमरा उपमहानगरपालिका प्रदेश खबर मधेस प्रदेश

चाडपर्व नजिकिएसँगै बारामाबजारमा किनमेल गर्नेहरूको भिडभाड बढेको छ

चाडपर्व नजिकिएसँगै बारामा बजारमा किनमेल गर्नेहरूको भिडभाड बढेको छ । हिन्दुहरुको महान चाड छठ नजिकिए सगै किनमेल गर्नेहरूको भिडभाड बढेको हो । बाराको जीतपुर,सिमरौनगढ,कलैया,हरनहिया, गन्जभवानिपुर , कोल्हवी ,परवानिपुर बजारमा किनमेल गर्नेहरुको भिडभाड लाग्ने गरेको हो ।

विशेष गरी कपडा, शृङ्गार पसल र खाद्यान्न पसलमा दैनिक भिड लाग्ने गरेको छ । त्यस्तै सुन पसलमा पनि त्यत्तिकै भिड हुने गरेको छ । धेरैजसो कपडा पसलमा छठ पर्वको लागि नयाँ नयाँ शाडी तथा अन्य पोसाक किन्नेको दैनिक भिड लाग्ने गरेको छ । शृङ्गार पसलमा पनि अन्य समयभन्दा अहिले बढी भिड हुने गरेको छ ।अरु दिनको तुलनामा छठ नजिकिए सगै जीतपुर बजारमा बढी भिडभाड लाग्ने गरेको भए पनि अपेक्षा अनुसार ब्यपार नभएको ब्यपारीहरु बताउछन ।

विशेष गरी कपडा, कस्मेटिक, गहना पसलमा बढी भिडभाड हुने गरे पनि व्यापार भने त्यत्ति सन्तोषजनक नभएको केही व्यवसायी बताउँछन् । कोरोनापछि थलिएको बजार पछिल्लो समयको आर्थिक मन्दीले गर्दा पनि सोचे अनुसार व्यापार व्यवसाय हुन नसकेको व्यवसायी बताउँछन् तर यस अघिका वर्षभन्दा केही व्यापार व्यसाय भने बढेको अर्का ब्यपारी फैजुल हक अन्सारी बताउछन।

छठ पर्वलाई लक्षित गरी बजारमा विभिन्न खालका नयाँ–नयाँ डिजाइनका पहिरन भित्रिएका छन् । परापूर्वकालदेखि साडी चोलोमा सजिँदै आएका नारी पछिल्लो समय आधुनिकता तथा पश्चिमा संस्कृतिको सिको गर्न थाले पनि साडी भने किन्नेको भिड नै हुने गरेको छ । यस वर्ष छठ कार्तिक २२ गते परेको छ।छठलाई मध्यजनर गर्दै विभिन्न सामग्री किनमेल गर्नेको भिड भने धेरै छ । ‘गत वर्षभन्दा बढी भिड त बजारमा छ तर पहिले हजारौँको सामान दिने अहिले सयमा झरेका छन्, व्यापार त्यति सोचेअनुसार छैन’, व्यवसायी ओहित सुबास तिमल्सिनाले भने ।  

बारा जिल्लाको चिपरिचित बजारको रुपमा जीतपुर बजारलाई चिनिन्छ।जीतपुर बजारमा हरेक बर्ष चाड पर्वलाई लक्षित गरेर सस्तो बजार लाग्ने गरेको र यश बर्ष पनि जीतपुरसिमरा नगर उधोग बाणिज्य संघले जीतपुरमा सस्तो बजार लगाएको जीतपुरसिमरा नगर उधोग बाणिज्य संघका महासचिव प्रकाश गिरिले बताए ।कोरोना काल देखि धरासायी बनेको जीतपुरको बजार यसपालिको चाडमा अलि माथी उकासिएको उनले बताए । जीतपुर बजारमा अहिले हेटौंडा ,कोल्हवी,निजगढ,नारायगढ देखि मान्छेहरु दैनिक रुपमा किनमेल गर्न आईरहेको छ म्बारा जिल्लामा अन्य बजाराको तुल्नमा जीतपुर बजारमा यश पाली वढी भिडभाड देखिएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *