तामागढी बचत तथा ऋण सहकारी संस्था लि. कोल्हबीको १६औ वार्षिक साधारण सभा सम्पन्न
तामागढी बचत तथा ऋण सहकारी संस्था लि. कोल्हबीको १६औ वार्षिक साधारण सभा सम्पन्न ।आर्थिक वर्ष ०८०/०८१ मा ३८ करोड ९० लाख बराबरको कारोबार।
कोल्हबी -२४ कार्तिक,
तामागढी बचत तथा ऋण सहकारी संस्था लि. कोल्हबीको १६औ वार्षिक साधारण सभा बाराको कोल्हबी बजारमा अवस्थित तामागढी एभेन्ट भेन्युको सभाहलमा सम्पन्न भएको छ।
अषाढ मसान्तसम्ममा झण्डै ६ हजार शेयर सदस्य भएको यस संस्थाले आर्थिक वर्ष ०८०/०८१ मा ३८ करोड ९० लाख ७७ हजार २ सय ८६ रुपैयाँ बराबरको कारोबार गरेको छ। यस संस्थाको मुख्य कार्यालय कोल्हबी सहित ४ वटा शाखाहरु रहेका छन।
कार्यक्रममा संस्थाका जेष्ठ शेयरधनी सदस्य वसन्त ढकाल प्रमुख अतिथीको रुपमा रहनुभएको थियो। विशिष्ट अतिथिहरुमा संघीय सांसद अच्युत मैनाली, प्रदेश सांसद सांसद त्रीलोकी प्रसाद चौधरी, संस्था पुर्व अध्यक्ष श्यामप्रसाद खनाल, कोल्हबी नगरपालिका वडा न.१ का अध्यक्ष राज हरण चौधरी, शोभा कुमारी चौधरी, सतेन्द्र ठाकुर, तामागढी ग्रुपका अध्यक्ष युवराज क्षेत्री, कोल्हबी नगरपालिकाका निवर्तमान नगर प्रमुख भरत बहादुर भण्डारी, करैयामाई गाउपालिकाका अध्यक्ष शम्भु प्रसाद यादव तथा अतिथिहरुमा ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रमुख किशन बस्नेत, वडा न.२ का अध्यक्ष गोपाल प्रसाद अधिकारी, वडा न. ४ का अध्यक्ष विष्णु प्रसाद मैनाली, बारागढी गाउंपालिका वडा न.४ अध्यक्ष पनालाल साह तेलि लगायतकाको उपस्थिति रहेको थियो।
सभामा असल बचत कर्ता, असल ऋणि तथा असल बाल खुत्रुक्क बचत कर्तालाई फुलको माला, टीका र सम्मानपत्रले सम्मान गरिएको हो। त्यसैगरी ३० जना भाग्यशाली शेयरधनी सदस्यलाई चिठ्ठाको मार्फत पुरुस्कृत पनि गरिएको छ।
कार्यक्रममा सभापतिको आसन ग्रहण कार्यालय प्रमुख वासुदेव रिमालको रहेको थियो भने कार्यक्रम संचालन पदम प्याकुरेलले गर्नुभएको थियो।





