Uncategorized अन्तर्राष्ट्रिय अर्थ कर्णाली प्रदेश कोल्हवी नगरपालिका प्रदेश खबर प्रविधी बागमती प्रदेश बारा मधेस प्रदेश

तामागढी हस्पिटल कोल्हवीको तीन दिने निशुल्क स्वास्थ्य चेक जाँच शिविर भोलि देखि शुरु हुदै…

बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ स्थित सन्चालनमा रहेको तामागढी हस्पिटलले तीन दिने निशुल्क स्वास्थ्य शिविर भोलि देखि शुरु गर्ने भएको छ ।

उक्त हस्पिटलको प्रबन्धक-निर्देशक बिबेक चौधरीको अध्यक्षतामा गरिएको पत्रकार सम्मेलन कार्यक्रमको प्रमुख अतिथी कोल्हबी नगरपालिकाका नगर प्रमुख राम प्रसाद चौधरी रहनु भएको थियो ।

उक्त पत्रकार सम्मेलनमा भोलि देखि शुरु हुने नि:शुल्क स्वास्थ्य शिविरमा माघ ३ गते विहिवार नि:शुल्क थाईराईड सेम्पल कलेक्सन,४ गते शुक्रवार डा. जितेन्द्र कुमार मिश्रा द्वारा मुटु परिक्षण,५ गते शनिवार डा.राजेन्द्र कुमार चौधरी द्वारा स्त्री एवम प्रसुती रोग सम्बन्धि चेकजाछ सहित डा.नवीन कुमार सिह द्वारा हाडजोर्नी एवम नशा रोग सम्बन्धि चेक्जाच गर्नुका साथै शिविर अवधी भर ल्याब परिक्षण,भिडियो एक्सरे,एक्सरे र ई.सि.जि सेवामा ३०% प्रतिशत छुटको ब्यब्स्था गरेको पत्रकार सम्मेलनमा अस्पताल सन्चालक बिबेक चौधरिले जानकारी गराउनु भएको थियो।

त्यस्तै बिशिस्ट अतिथीहरुमा पुर्व नगर प्रमुख भरत बहादुर भण्डारी, वडा नम्बर १ का वडाध्यक्ष राजहरण चौधरी, २ का गोपाल प्रसाद अधिकारी, ३ का किशुनदयाल चौधरी, ४ का बिष्णु प्रसाद मैनाली, ९ का दलबहादुर चौधरी त्यस्तै नगर उद्योग वाणिज्य संघ कोल्हबीका अध्यक्ष लक्ष्मी साह, साझेदारी बन ब्यबस्थापन समितिका अध्यक्ष रबिन्द्र पनुहर लगायत अगुवा नेता कार्यकर्ता तथा सुरक्षा निकायका प्रमुखहरुको उपस्तिथि रहेको थियो।






Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *