कलैया उपमहानगरपालिका प्रदेश खबर बारा मधेस प्रदेश

बाराका क्याम्पस प्रमुख हत्या प्रकरण : मुख्य अभियुक्त ५ महिनापछि पक्राउ परेका छ्न

गत जेठ ३२ गते गोली हानी हत्या गरिएका बाराको आदर्शकोतवाल गाउँपालिका–२ खजुरीया निवासी रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्या प्रकरणका मुख्य अभियुक्तलाई घटनाको पाँच महिनापछि बारा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा त्यस काण्ड देखि फरार मुख्य अभियुक्त सुरेन्द्र कुशवाहा रहेका छन् । कुशवाहालाई प्रहरीले गएराती विराटनगरबाट पक्राउ गरेको हो । करिब पाँच महिनादेखि परिचालित प्रहरीको विशेष टोलीले उनलाई पक्राउ गरेको हो । घटनापछि उनि फारार भई विराटनगरमा लुकेर खेतीपाती सुरु गरेर बसी रहेको पाईएको छ ।
सोहि सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए । पक्राउ परेका कुशवाहालाई आज (बिहीबार) बिहान पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । घरबाट फर्किने क्रममा रामराजा बहुमुखी क्याम्पस प्रमुख कुशवाहामाथि साँझपख उनीमाथि गोलि प्रहार भएको थियो ।

उक्त घटनामा संलग्न रहेका जिल्ला बारा आदर्शकोतवाल गाउपालिका वडा नं. २ घर भएका बिगु महतो कोईरीको छोरा नेपाली सेनाका भगौडा तथा गाँऊघरमा सबैलाई त्रसित बनाउने पृष्ठभुमि भएका बर्ष ४१ को सुरेन्द्र प्रसाद कुशवाहा समेत १७ जना ब्यक्तीहरू एकिकृत भई निज क्याम्पस प्रमुखको गोली हानी हत्या गरेका थिए । उक्त घटनाको अनुसन्धान गर्दै जाने क्रममा तत्कालै पक्राउ परेका चन्द्रमणी प्रसाद कुशवाहा, चाँदशी प्रसाद कुशवाहा, सुमेद कुमार कुश्वाहा, विनोद राउत कुर्मी, राधेश कुमार पटेल, अबधलाल कुशवाहा, चुल्हाई भन्ने श्रबण कुमार साह, हरिन्दर महरा चमार, ब्रहमदेव राम, मोतीलाल चौधरी, राधेस कुमार पटेल र विनोद राउत कुर्मी धरौटीमा छुटेका छन भने ८ जना पुर्पक्षको लागि कारागार रहेका छ्न । उक्त घटनामा प्रयोग भएको हतियार पेस्तोल थान-२,  गोली थान- ७ राउण्ड, मोटरसाईकल थान – ४, मोबाईल थान- ४ थान, ल्यापटप थान- २, सिम कार्ड थान- ७ बरामद गरी अनुसन्धान प्रकृया पुरा गरी सम्मानित जिल्ला अदालतको आदेशले हाल  ८ जना ब्यक्तीहरु पुर्पक्षको लागि कारागार रहेका छन ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *