अर्थ बारा मधेस प्रदेश

बारा क्षेत्र नं. १ का सांसद गणेश धिमालद्वारा चुनावी खर्च सार्वजनिक

बारा — बारा क्षेत्र नं. १ बाट गणेश धिमाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित सांसदले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन्। पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिँदै उनले निर्वाचनमा भएको सम्पूर्ण खर्च विवरण सार्वजनिक गरेका हुन्।

सांसद धिमालले निर्वाचन प्रचार–प्रसार, सभा–समारोह, यातायात, जनशक्ति व्यवस्थापन लगायत विभिन्न शीर्षकमा भएको खर्च खुलाएका छन्। उनले कानुनी प्रावधानभित्र रही खर्च गरिएको दाबी गर्दै आम नागरिकलाई स्पष्ट जानकारी दिन आफूले खर्च सार्वजनिक गरेको बताएका छन्।

उनका अनुसार चुनावी प्रक्रियालाई स्वच्छ र पारदर्शी बनाउन उम्मेदवारहरूले खर्च विवरण सार्वजनिक गर्नु आवश्यक रहेको उल्लेख गरे। यस कदमले राजनीति प्रति जनविश्वास बढाउने विश्वास पनि व्यक्त गरिएको छ।

स्थानीयस्तरमा धिमालको यस निर्णयको स्वागत गरिएको छ भने पारदर्शिता कायम राख्न अन्य जनप्रतिनिधिहरूले पनि यस्तै अभ्यास अपनाउनुपर्ने आवाज उठ्न थालेको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *