मिडिया दर्ता गर्दै समाजमा गति छाड्दै नाम मात्रको पत्रकार
हिजो आज नेपालमा नाम मात्रको पत्रकारको संख्या बढ्दो छ। कुनेै पार्टीको चाप्लुसी गरेर टिके पत्रकार बनेर समाजमा आफ्नो स्वार्थसिद्ध समाचार लेख्ने गतिछाडा पत्रकार बढेर हाम्रो समाज धमिलो बनाएको छ।
त्यस्ता नाम मात्रको पत्रकारले साझ साझ भट्टीमा बसेर केही टाउँके नेता संग ५००,१००० को बार्गेनिङ गरेर हिजो आज समाज आक्रान्त बनाएका छन्।
कुनै एउटा एफएम , पत्रिका , अनलाईन पत्रिका खोलेर एक बोटल रक्सी र एक प्लेट सितन को लागि पत्रकारिता गर्ने पत्रकार बढेर हाम्रो नेपालमा सच्चा पत्रकारहरुको बदनाम भएको छ।
पछिल्लो समय आफ्नो स्वार्थको लागि कुनै एउटा समाचार लेख्ने , पछि समाचारमा लेखिएको पात्र संग ५००,१००० को रक्सी र सितन खाएर समाचार डिलिट गर्ने समस्या बढेको भन्दै समाजले त्यस्ता पत्रकारलाई थुक्न थालेको छ।
नेपाल पत्रकार महांसंघ कि नवनिर्वाचित अध्यक्ष निर्मला शर्माले यस्ता घटिया र विकाउ पत्रकार जसले पत्रकारिता लाई जाड धोक्ने माध्यम बनाएको छ त्यता पत्रकारको नाङ्लो पसल आफ्नो कार्यकालमा बन्दा गर्ने चेतावनी दिनु भएको छ।
सामाजिक अभियान्ता भिम उपाध्यायले यत्ता जडिया पत्रकारलाई समाजमा नाङ्गो पार्न हामी सबैले भुमिका खेल्न पर्ने र समाजिक व्यक्तित्वहरुलाई आफ्नो स्वार्थ सिद्ध पार्न एउटा समाचार लेख्न न आउने अनपढ जडिया पत्रकारहरुलाई भट्टीमा जाड नखुवाउन सबैलाई आग्रह गरेका छन्।






ganesh dhimal says:
नियमन गर्ने निकाय जब सम्म निरिह हुन्छन तब सम्न यी येस्ता उछृन्खल गतिबिधी ले बढावा पाइरहनेछन। तसर्थ सबै सचेत भै गलत क्रियाकलाप को खबरदारी र उजुर गर्ने बानी को बिकास गरौ।