पर्सा मधेस प्रदेश

मूर्ति सेलाउनेक्रममा नहरमा डुबेर एक किशोरको मृत्यु

पर्सामा शनिबार दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा गण्डक नहरमा डुबेर एक किशोरको मृत्यु भएको छ। पर्साको बहुदरमाई नगरपालिका-४ डोकैला बहुअरीका शीवचन्द महत्तो धानुकका छोरा १८ वर्षीय अजितकुमार महत्तो धानुकको मृत्यु भएको हो। 

शनिबार दिउँसो डोकैला बहुअरीमा पर्ने बलिरामपुर गाउँ नजिकको गण्डक नहरमा दुर्गा भवानीको मूर्ति सेलाउन साथीहरुसँगै नहरमा पसेका बेला डुबेर अजितको मृत्यु भएको हो। नहरमा डुबेका अजितलाई संगै रहेका साथीहरुले उद्धार गरेर नहर बाहिर निकालेपनि उनको मृत्यु भइसकेको थियो।

घटनास्थलमा प्रहरी पुगिसकेको र मृतकको  शव  पोष्टमार्टमका लागि वीरगन्जको नारायणी अस्पतालमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *