सपही कलेजको सर्वोत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थी बनिन गुन्जा कुमारी
त्रिभुवन विश्वविद्यालयद्वारा प्रकाशित विविएस प्रथम वर्ष (परीक्षा वर्ष २०८०) परीक्षाको नतिजा अनुसार सपही कलेजबाट सर्वोत्कृष्ट अंक ३५५(७१%) सहित गुन्जा कुमारी उतिर्ण भएकि छिन् । ग्रामीण भेगमा रहेको यस कलेज बाट यती धेरै अंक प्राप्त गर्नु निकै महत्त्वपूर्ण कुरा हो । कलेज प्रशासनले गुन्जा कुमारी को मेहनत को निकै तारिफ गरेको छ। कमजोर पठनपाठन हुने चर्चा पाएको मधेस प्रदेशमा सामुदायिक स्तरको कलेज बाट यति धेरै अंक ल्याउनु उल्लेखनीय बनेको छ।





