उमाकान्त चौधरी हारेर पनि जनताको बिचमा जितेका लाई छैन चासो।
गत निर्वाचनमा बारा क्षेत्र नं १ मा नेकपा एमालेका नेता अच्युत मैनालीले करिब ९ हजार भोट अन्तरले जते र उनका प्रतिद्वन्द्वी पुर्व मन्त्री उमाकान्त चौधरीले हारे । चुनावमा हार खाएपनि उनले जनता प्रतिको आफ्नो उत्तरदायित्वमा हार खाएनन् । उनी यति बेला आफ्ना क्षेत्रका जनता संग भेट्देै समस्या दुख पिडा बुझ्देै हिडेका छन् उनले अस्ति कोल्हवी नगरपालिका , निजगढ नगर पलिका का जनताको समस्या बुझे , हिजो उनले बारागढि गाउँपालिका जनताका समस्या बुझे भने आज उनी सिम्रोनगढ नगरपालिकाका जनताका समस्या बुझ्दै छन् । यी सबै पालिका हरु उनकै क्षेत्र बारा क्षेत्र नं १ मा पर्दछ यसरी हारेर पनि उमाकान्त चौधरीले आफ्नो दायित्व भुलेका छैनन्। तर जितेर जाने नेकपा एमालेका अच्युत मैनाली भने निजगढ नगरपालिका भवन भित्र आफ्ना नेता कार्यकर्ता मात्र भेटेर हिडेका छन्। उनले कोल्हवी नगरपालिका जुअवामा पनि आफ्नो नेता कार्यकर्ता मात्र भेटेको भनेर यति बेला समाजिक सञ्जालमा चर्को आलोचना भएको छ । उनले चुनाव जिते पछि आफ्नै मैनाली बन्दु दामोदर मैनालीलाई स्वकीय सचिव राखेको भनेर पनि विवादित बनेका थिए।उनले यो २,३ बर्षको अबधिमा बारा क्षेत्र नं १ मा सिङ्को पनि भाचेका छैनन् ।





