कोल्हबी ७ धोधर्पामा आधारभुत स्वास्थ सेवा केन्द्रको नव निर्मित भवनको उदघाटन सम्पन्न
बाराको कोल्हबी नगरपालिका वाड न ७ मा नव निर्मित आधारभुत स्वास्थ सेवा केन्द्रको भवन उदघाटन बुधबार एक कार्यक्रमको बिच सम्पन्न भएको छ । कोल्हबी न पा वाड न ७ का वडा अध्यक्ष सलाउदिन अन्सारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि कोल्हबी न पा का नगर प्रमुख रामप्रसाद चौधरीले रिवन काटेर र शिलालेखमा भएको अक्षर पढेर उदघाटन गर्नु भएको छ ।कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथी चौधरीले यो स्वास्थ केन्द्र भवनको उदघाटन भए सङै यहाबाट सेवाग्राहीहरुले संतुष्ट हुने सेवा प्रदान गर्ने छ र कोल्हबी नगरपालिकाले स्वास्थ र शिक्षामा अरु क्षेत्र भन्दा बढी लगानी गरेको समेत जानकारी गराउनु भयो । कार्यक्रमको बिशिस्ट अतिथी अतिथीमा कोल्हबी न पा ३ का वडा अध्यक्ष किशुनदयाल चौधरी , स्वास्थ शाखा कोल्हबीका सहसंयोजक बिश्वनाथ चौधरी अतिथिहरुमा वडा सदस्य शत्रुधन चौधरी ,धर्मेन्द्र चौधरी , महिला सदस्य सोनामती देवि चौधरी ,दलित महिला सदस्य सीता सहनी, समाजसेवी शिवनारायण चौधरी , चिन्तामनी चौधरी , दिलमोहन चौधरी , नरेन्द्र चौधरी , रामअयोध्या साह , नरेश मिस्रा, जुमराती अन्सारी ,रामपुकार चौधरी ,कपिलदेव चौधरी , ग्यान्त्री चौधरी ,बसन्ती मुसहर्नी लगाएतको उपस्थिति रहेको थियो ।

शुभकामना मन्तव्य रामपुर चौधरी ,दिलमोहन चौधरी ,बिश्वनाथ चौधरी ,चिन्तामनि चौधरी ,शिवनारायण चौधरी ,नरेश मिश्रा , वडा सचिव श्यामकुमार चौधरी , नरेन्द्र प्रसाद चौधरी ३ का वडा किशुनदयाल चौधरी , नगर प्रमुख रामप्रसद चौधरीले राख्नु भएको थियो!
सबिर अन्सारीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य आधारभुत स्वास्थ केन्द्रका इन्चार्ज अरुन चौधरीले राख्नु भएको थियो ।





