कोल्हवीका कैलाश मैनालीको पहलमा कुवेतमा अलपत्र परेकी चेलिको उद्दार

नेपाल घर जाजरकोटकि धनमाया सिंह वैदेशिक रोजगारीको सिलसिलामा एकमहिना अगाडि कुवेत आएकी थिइन् उनिलाइ दलालीले दुबईको भिजिट भिसामा ल्याइ कुवेतमा घरायसी कामकोलागी बेचेको त्यो कुरो उनिले पत्तै पाइनन तर केही समय पछि उहाँ बेचिएको थाहा भएपछी उहाँको मानसिक सन्तुलन राम्रो हुन छाडिसकेको थियो त्यसैमा काम गर्दै जादा नेपालमा उहाँको बुवापनि बित्नु भए छ ।यसले झन उहाँमा अर्को बज्रपात थुपार्यो र मानसिक पिडाले गर्दा उहाँपनि ठुलै बिमारी पर्नु भयो घरमा साहु साहुनी पनि नराम्रा परेछन उहाँको उपचारमा खासै चासो दिएनन् त्यसपछी उहाँले नेपाल फर्कन पाम भनी एजेन्ट र विभिन्न संघ सस्थालाइ गुहार्न थालीन तर कुवेतको हकमा नेपाल सरकारले बन्देज गराएको घरायसी कामदारको हकमा दूतावासले त राम्रो पहल गर्न सक्दैन हामिले कसरी गर्न सक्छौ र भन्ने खालको जवाफहरु मात्रै पाइन्
र अन्तमा कोल्हवी वडा नं २ हनुमानगंजका कैलाश मैनालीजीको सम्पर्कमा आउनुभयो र उहाले यो यो समस्या धनमाया सिंहको एजेन्टसङ स्वहार्दा पुर्बक समन्वय गरी पीडित धनमायालाई न्याय दिलाउन सक्षम हुनुभयो ।कैलाश मैनाली अहिले रोजगारीको क्रममा कुवेतमै हुनुहुन्छ ।यस अघि उहाँ साउदिमा हुनुहुन्थ्यो र साउदिमा रहदापनी उहाले धेरै पीडितहरुलाइ न्याय दिलाउनु भएको थियो।







