कोल्हवी नगरका आर्यन चौधरी आबद्ध मिडिया मलेसियामा १० बर्षमा प्रवेश

कोल्हवी नगरका आर्यन चौधरी द्वारा मलेसियाबाट संचालित , मलेसियाबाटै प्रकाशन प्रसारण हुँदै आएको , बिशेष गरि विदेश मलेसियामा कार्यरत नेपाली हरुको आवाज “मलाया खबर” मिडिया अन्ततः संचालन भएको १० बर्ष पुगेको छ । उनी यस मिडिया संग आफैं पनि आवद्ध भएर मलेसियामा विभिन्न क्षेत्रमा कार्यरत रहेका नेपाली श्रमिकका निम्ति आवाज उठाउने , कलम चलाउने गरेको ५ बर्ष भैइसकेको छ् , अनि अहिले मलाया खवर मलेसियाको आधिकारिक फेसबुक पेजमा फ्लोअर्सको संख्या पनि करिबकरिब ३ लाख ११ हजार भन्दा धेरै पुगेको छ । फेसबुक ग्रुपमा पनि लाखौं फ्लोअर्स छ्न । यस् बीचमा कैयौं आरोह अवरोह सिर्जना भए , कतिपय मुद्दामा दबाब झेल्ने देखि लिएर प्रहरी चौकीमा बस्ने देखि श्रमिक उद्दारका निम्ति जेलसम्मको यात्रा समेत भोग्नु परेको र भुमिगत बस्नुपरेको पिडा संगै तितो अनुभव पनि चौधरी संग छ । बेला बेला समाचार लेखेकै भरमा धाकधम्की खाएको अनुभव पनि चौधरी संग छ् । सायद सुरुदेखि अहिलेसम्मका चौधरीको सबै कहानी भन्ने हो भने यहाँ फेसबुकका भित्तामा नि अटाउदैनन् होलान् । प्रवासमा बसेर समाजसेवा संगसंगै पत्रकारितामार्फत हाम्रो सबै सहकर्मी साथीहरु , सम्बन्धित सरकारी निकाय , ब्यापारी , ब्यावसायी , संघसंस्था लगायत सम्पुर्ण नेपाली समुदाय संग मिलेर काम गर्दागर्दै पनि कहिलेकाही उतारचढाव आई नै हाल्छ्न , तर पनि अडिग भएर चौधरी लागिरहेका छन् अझै आफ्नो प्रतिभा निखार्न सकिन्छ् भनेर अनि चौधरीले मलाया खबरमार्फत बोलेको कुराले प्रभाव पार्छ कि र केहि हदसम्म भएनी राम्रो हुन्छ कि , भनेर निरन्तर कोशिस जारी राखेको छन् । यतिका बर्षसम्म चौधरीलाई र उनको मिडिया मलाया खबरलाई साथ दिनुहुने सञ्चालक आदरणीय शिव सुवेदी दाई , अभि दाई लगायत हाम्रो सबै सहकर्मि मित्रहरु , नेपालसंगै मलेसियामा स्थापित नेपाली राजदूतावास , नेपाली ब्यापारी ब्यावसायी , थारु कलाकार , नेपाली कलाकार , उनि आस्थावान रहेको राजनीतिक संगठन अनि अन्य कयौं राजनीतिक सामाजिक संघसंस्था , बुद्धिजीवीवर्ग लगायत सम्पुर्ण नेपाली श्रमिक समुदायप्रति चौधरी आभारी भएका छन् । उनले आउने दिनहरुमा संथ दिन पनि सबैलाई आग्रह गरेका छन्।





