प्रदेश खबर बारा मधेस प्रदेश महागढिमाई नगरपालिका

खानेपानीमन्त्री प्रदीपकुमार यादवले गढीमाई मेलामा खानपानी अभाव नहुने स्पष्ट पारेका छन्।

खानेपानीमन्त्री प्रदीपकुमार यादवले गढीमाई मेलामा खानपानी अभाव नहुने स्पष्ट पारेका छन्।

गढीमाई मेलाको तयारीका बारेमा स्थलगत अनुगमनपछि गढीमाई मन्दिर परिसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मेला भर्न आउने भक्तजनका लागि शुद्ध खानेपानी, सुलभ शौचालय र सरसफाइमा कुनै कमी हुन नदिने बताए।

मन्त्री यादवले ‘ओभरहेड ट्याङ्की’बाट कथम्कदाचित पानीको अपुग हुने अवस्थालाई दृष्टिगत गर्दै ठाउँठाउँमा डिप बोरिङको समेत प्रबन्ध गर्ने र यसै साताभित्र केही थान घुम्ती शौचालय मेला व्यवस्थापन समितिलाई प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

“कुनै प्रकारले शुद्ध खानेपानीको कमी हुन नदिनका लागि प्रदेश सरकार, दातृ तथा सहयोगी संस्थाहरूसँग मेलामा छलफल भइरहेको छ। पानीको निकासका लागि ढल निकास तथा नाला निर्माण, पाइप जडानको काम पनि चाँडै नै सुरु गर्छौं”, उनले भने।

मन्त्री यादवले मेलाका लागि सरकारको पूर्ण सहयोग रहने बताए। उनले भने, “सहयोग गर्ने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मेला समितिका पदाधिकारी तथा गढीमाई नगरपालिका प्रमुखलाई सन्देश दिन मलाई निर्देशन दिइसकेका छन्।”  

मन्त्री यादवले मेलाको सफलताका लागि स्थानीय नागरिकले विगत वर्षदेखि नै सम्पूर्ण रूपमा सहयोग गर्दै आएकामा प्रशंसा गरे।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *