तामागढी साकोस कोल्हबी बाराको नियमित प्रक्रिया अन्तर्गत सदस्यहरुलाइ प्रदान गरिदै
तामागढी साकोस कोल्हबी बाराको नियमित प्रक्रिया अन्तर्गत सदस्यहरुलाइ प्रदान गरिदै आएको सदस्य शिक्षा एवम बित्तीय साक्षरता सम्बन्धी कार्यक्रम आज सिमरा सेवाकेन्द्र अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका वार्ड न.-१२ फत्तेपुर स्थित सामुदायिक भवनमा सेवाकेन्द्र सिमरा सन्योजक श्री सन्तोष पाण्डे ज्युको अध्यक्षता एवम सदस्यहरूको बृहद सहभागिता मा सदस्य शिक्षा कार्यक्रम सफलता पुर्बक सम्पन्न भयो।
उक्त कार्यक्रममा संचालक समिती सहसचिव श्री रामकाजी खड्का ज्यु, सेवाकन्द्र सिमरा संचालक सदस्य श्री शम्भु साह ज्यु, मुख्य प्रबन्धक श्री बासुदेव रिमाल ज्यु, सिमरा सेवाकेन्द्र प्रमुख उमेश सापकोटा ,खोपवा सेवाकेन्द्र प्रमुख, कुमार सानू प्रसाद चौधरी ,तामागढी बहुउद्देश्यीय सहकारी प्रमुख चन्दन चौधरीको उपस्थिति रहेको थियो।
उद्घाटन सत्रकोकार्यक्रममा स्वागत मन्तव्य सम्भु साह ज्युले दिनु भयो, साथै सदस्यको तर्फबाट (स्नोपेक्स एकेडेमी फत्तेपुर को प्रीन्सिपल)श्री मिना देवि चौधरी ज्युले शुभकामना मन्तब्य राख्नु भयो
कार्यक्रमको शैक्षिकसत्रमा मुख्य प्रबन्धक ज्युले, सहकारीको परिचय, ऐन,नियम र संस्थाको बिषयमा जानकारी गराउनु भयो। बचत तथा बित्तीय ब्यावस्थापनको बिषय उमेश सापकोटाले र ऋणको बिषयमा कुमार सानू प्रसाद चौधरी सरले प्रस्ट्याउनु भयो।
समापन सत्रमा संचालक समिती सहसचिव रामकाजी खड्का ज्युले सदस्यहरुलाइ संस्थाको गतिविधिको बारेमा जानकारी गराउदै उपस्थित सबैलाइ धन्यवाद ब्यक्त गर्नु भयो।
समिक्षा कार्यक्रममा सहभागीको तर्फबाट प्रतिक्रिया दिदै ४ जना सहभागी रोशन कुमार राय, मिना देवि चौधरी लगाएतले कार्यक्रम अति सान्दर्भिक र फलदायी भएको प्रतिक्रिया जनाउनु भयो।
अन्त्यमा कार्यक्रम अध्यक्ष सन्तोष पाण्डे ज्युले सहभागी सबैलाइ धन्यवाद दिई खाजा दिदै सामुहिक तस्बिर लिएर मात्र जान अनुरोध गर्दै आजको कार्यक्रम समापन भएको घोषणा गर्नु भयो र कार्यक्रम समापन भयो।





