मधेस प्रदेश

दुर्ब्यसन त्यागौ, सेवा मुखी बनौ,”

“दुर्ब्यसन त्यागौ, सेवा मुखी बनौ,” भन्ने मुल नाराका साथ श्री कृष्ण प्रणामी युवा परिषद नेपाल मधेश प्रदेश र जिल्ला कार्य समिती बाराको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी बिरगंज पर्साको प्राविधिक सहयोगमा बाराको जितपुरसिमरा उपमहानगरपालिका वार्ड न -१२ फत्तेपुर श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयको प्राङ्गणमा बृहद रक्तदान कार्यक्रम यहि मिति २०८१/०६/१९ गते शनिबार बिहान ८ बजे देखि हुने भएको छ।
उक्त कार्यक्रम फत्तेपुरका स्थानीय युवा समाजसेविहरुले सहकार्य गर्ने स्थानीय युवा सिकन्द्र सहनी , र प्रकाश गौतमले जानकारी दिएका छन
रक्तदान जीवन दान भन्ने मुल आसयका साथ युवा परिषदले देश ब्यापी रुपमा बर्षौ देखि गर्दै आएको यो कार्यक्रममा रक्तदान गर्न इच्छुक ब्यक्तिले आफ्नो नाम तपसिलको नम्बरमा सम्पर्क गरि टिपाउन सक्नुहुनेछ ।
१. मोहन सापकोटा :-९८५५०१४७७४
श्री कृष्ण प्रणामी युवा परिषद जिल्ला समिती बारा अध्यक्ष
२. प्रकाश गौतम :- ९८२११५२७०८ युवा समाज सेवि फत्तेपुर
२ सिकन्द्र सहनी :- ९८६४२११२२० युवा समाज सेवि फत्तेपुर

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *