अर्थ बारा मधेस प्रदेश

बाराका उपराष्ट्रपति यादवले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले बाढी, पहिरो तथा डुबानबाट पीडितका लागि एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।
उपराष्ट्रपति यादवले प्राकृतिक विपद्का कारण मुलुकमा ठूलो मात्रामा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले विपद्का कारण अकालमै ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

बुधबार उपराष्ट्रपति यादवसहित उनको स्वकीय सचिवालयमा कार्यरत विज्ञहरु र प्रमुख स्वकीय सचिवले समेत आफ्नो पाँच–पाँच दिन तथा सहसचिवदेखि अधिकृत वा सो सरहको कर्मचारीबाट तीन–तीन दिनको पारिश्रमिक बराबरको रकम राहत कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *