राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बारा ले संगठन का गतिविधि , युवा भेला तथा छलफल कार्यक्रम लाई तिब्रता दिएको छ ।
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बारा ले संगठन का गतिविधि , युवा भेला तथा छलफल कार्यक्रम लाई तिब्रता दिएको छ ।
यहीँ पौष १९ गते राष्ट्रिय युवा संघ कोल्हबी नगर कमिटी युवा भेला सम्पन्न गरेको संगठन ले , बारा जिल्ला कमिटी लाई ब्यस्त राख्दै लगातार का आफ्ना कार्यक्रम को तालिका संगठन जिल्ला सचीव दिपेन्द्र सुवेदी “रसिक” ले आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेका छन ।
संगठन को यहि पौष १५ गते बसेको अनौपचारिक जिल्ला का नगर देखि केन्द्र सम्म का अगुवा युवा हरु को भेला ले सर्कुलर जारी गर्दै १६ वटै पालिका मा संगठन का गतिविधि लाई तिब्रता दिन , युवा भेला तथा छलफल कार्यक्रम गर्ने निर्णय गरेको थियो । संगठन को पौष १५ गते बसेको बैठक ले जिल्ला पदाधिकारी लाई निर्वाचन क्षेत्र अनुसार जिम्मेवारी प्रदान गरेको थियो । बारा जिल्ला मा ४ निर्वाचन क्षेत्र रहेको मा , जिल्ला सचिव दिपेन्द्र सुबेदी “रसिक” लाई बारा निर्वाचन क्षेत्र १ का ५ पालिका निजगढ , कोल्हबी , बारागढी, आदर्श कोतवाल , सिम्रौनगढ र बारा निर्वाचन क्षेत्र न २ को १ पालिका करैयामाई गाउँ पालिका गरि ६ पालिका को जिम्मेवारी पाप्त भएको मा सुवेदी ले आफुलाई प्राप्त जिम्मेवारी मा जिल्ला मै पहिलो भेला कोल्हबी नगर मा सम्पन्न गरेका थिए । कोल्हबी नगरपालिका स्वयम् संगठन का जिल्ला सचिव दिपेन्द्र सुवेदी “रासिक” को गृहपालिका पनि हो ।
आफ्नै पालिका बाट आफुलाई प्राप्त जिम्मेवारी समयमै सफलता पुर्वक सम्पन्न गर्न लागी परेका सुबेदीले संगठन का गतिविधि लाई तिब्र पार्दै अन्य ३ पालिका बारागढी गाउँपालिका , आदर्श कोतवाल गाउँपालिका र सिम्रौनगढ नगरपालिका को भेला को समय तालिका आफ्नो फेसबुक पोस्ट मार्फत सार्वजनिक गरेका छ्न ।
साथै संगठन नै नरहेको करैयामाई गाउँपालिका मा भोलि मिति २०८१/०९/२३ गते १०:३० पिपरीया मा त्यहा का अगुवा युवा हरु को भेला आयोजना गर्दै ७ देखि ११ जना सम्म को संगठन को पालिका अधिबेशन आयोजक कमिटी गठन गर्ने कार्यक्रम रहेको सुवेदी ले बताउनु भएको छ , त्यस का साथै बारागढी को पौष २३ गते १२ बजे , आदर्श कोतवाल को पौष २४ गते १२ गते १२ बजे र सिम्रौनगढ पालिका को पौष २६ गये बिहान ८ बजे त्यस्तै निजगढ को भेला भने माघ को पहिलो हप्ता गर्ने योजना रहेको सुवेदी ले हामिलाई जानकारी गराउनु भएको छ ।








