मधेस प्रदेश रौतहट

लालबकैया नदीमा शव फेला

रौतहट स्थित लालबकैया एक पुरुषको शव फेला परेको छ।

जिल्लाको कटहरिया नगरपालिका–१ भसेढवा स्थित लालबकैया नदी किनारमा एक पुरुषको शव फेला परेको हो। शवको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।

अन्दाजी ४५ वर्षको देखिने पुरुषको शव बालुवामा पुरिएको अवस्थामा फेला परेको हो । शुक्रवार साँझ सशस्त्र प्रहरी बल नेपाल फर्वाड सुरक्षा वेश जंगलशैया र प्रहरी चौकी हरिनगरको संयुक्त टोलीले उक्त शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाएको सशस्त्रका एसपी बिक्रम हुमागाईंले बताए ।

शवको प्रकृति हेर्दा केही दिन अघि नदीमा आएको बाढीले कतैबाट बगाएर ल्याएको हुनसक्ने प्रहरीको आशंका छ ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *