हेटौडा पथलैया सडक खण्डमा आज बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् । चुरियामाई मन्दिर नजिक बस दुर्घटना
हेटौडा पथलैया सडक खण्डमा आज बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् । चुरियामाई मन्दिर नजिक बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नाउपरिक्षक स्यामु अर्यालले बताए ।
बिरगंजबाट पोखराको लागी जादै गरेको यात्रु बाहक ग २ ख १६२१ नम्बरको बस ब्रेक फेल भई सडक छेउको खोल्सामा पल्टी दुर्घटना हुदा बसमा सवार रहेका १८ जना यात्रु मध्ये चालक सहित १७ जना घाईते भएका हुन् । घाइतेहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।





