हेटौडा पथलैया सडक खण्डमा आज बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् । चुरियामाई मन्दिर नजिक बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नाउपरिक्षक स्यामु अर्यालले बताए । बिरगंजबाट पोखराको लागी जादै गरेको यात्रु बाहक ग २ ख १६२१ नम्बरको बस ब्रेक फेल
रवि लामिछाने ज्युँदो रहेसम्म रास्वपाको सभापति हो – डीपी अर्यालउपसभापति डीपी अर्यालले रवि लामिछाने ज्यूँदो रहेसम्म सभापति उनी नै भएको बताएका छन् । पोखरामा भएको विरोध सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । “रवि लामिछाने ज्युँदो रहेसम्म सभापति उहाँ नै हो । कसले कार्यवाहक सभापति पाउँछ पाउँदैन त्यो गौण कुरा हो,” उनले भने ।
कोशी प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीमाथि अनुसन्धान गर्न प्रहरीले २ दिनको म्याद पाएको छ । काठमाडौं जिल्ला अदालतले उनीमाथि अनुसन्धान गर्न २ दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । न्यायाधीश खिमानन्द भुसालको इजलासले २ दिनको म्याद दिएसँगै प्रहरीले अधिकारीमाथि मानव बेचबिखनसम्बन्धी कसुरमा अनुसन्धान हुने जनाएको छ । […]
पोखरा महानगरपालिका–१७ सीताको पाइलास्थित पोखरा वृद्धाश्रममा स्थापित पोखरा जेरियाट्रिक स्वास्थ्य कक्षको शनिबार उद्घाटन गर्दै उनले स्वास्थ्य बिमाका लागि स्रोत सुनिश्चित गरी यसलाई व्यवस्थित र प्रभावकारी बनाउने योजनामा सरकार रहेको बताए । स्वास्थ्य विमाबाट प्राप्त गर्ने सेवालाई गुणस्तरीयका साथै सहज बनाउनु आवश्यक भएको बताउँदै उनले स्रोतको सुनिश्चिताका लागि आम्दानीका आधारमा विमा
सत्तारुढ नेकपा(एमाले) केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालयमा सुरू भएको छ। केहीबेरअघि सुरू भएको बैठकमा स्थानीय उपचुनाव, सरकारलाई सुझाव दिन गठित कार्यदल, प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी लगायतका विषयमा छलफल हुने बताइएको छ।
नेपाल एडभेन्चर रनिङ महासंघले चीनमा भएको दुई अन्तर्राष्ट्रिय ट्रेल रेसमा स्वर्ण पदक जित्न सफल धाविका सुनमाया बुढालाई बिहीबार स्वागत गरेको छ । सुनमाया बिहीबारै स्वदेश फर्केकी हुन् । राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिका पूर्वसदस्यसमेत रहेका महासंघका अध्यक्ष एकेन्द्र कुँवर, वरिष्ठ उपाध्यक्ष राजन खत्रीलगायत पदाधिकारीले सुनमायालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत
मकवानपुरको हेटौँडामा कारले दुई वटा स्कुटर र पैदल यात्रीलाई ठक्कर दिँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाका अनुसार कान्तिलोकपथ अन्तर्गत हेटौँडा ५ सानोपोखर चोकबाट बजारतर्फ आउँदै गरेको बा १३ च २००७ नम्बरको कारले सोहि दिशाबाट बजारतर्फ आउँदै […]
बारा जिल्लाको बरियारपुरमा लाग्ने गढीमाई मेला मंसिरदेखि लाग्ने भएको छ। मेलाका लागि शोभायात्रा निकालिसकिएको तथा थप तयारी भइरहेको मेला व्यवस्थापन समितिले जनाएको छ।प्रत्येक पाँच वर्षमा लाग्ने मेलामा नेपालसहित छिमेकी भारतबाट पनि लाखौँ श्रद्धालु गढीमाई आउने गर्छन्। महागढीमाई नगरपालिका– १ बरियारपुरमा पर्ने यो तुलजा भवानीका रूपमा समेत पुजिने गढीमाई मन्दिर विशेष गरी बलिका कारण सधैँ
पाँच वर्षमा लाग्ने गढीमाई मेला यसवर्ष मंसिर १७ देखि सुरु हुने भएको छ। बारास्थित महागढीमाई नगरपालिकाको बरियारपुरमा लाग्ने उक्त मेला मंसिर ३० सम्म सञ्चालन हुने भएको छ । गढीमाई मेलाका लागि महागढी नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादवको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको छ । मेलामा करोडौं भक्तजन तथा दर्शनार्थीहरु आउने व्यवस्थापन समितिले जनाएको छ । […]
सरकारले भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) मा १० वटा उद्योगलाई उद्योग स्थापना गर्न प्लट (जग्गा) प्रदान गरेको छ। ती उद्योगबाट ३ सय ४४ करोड लगानी र तीन हजार पाँच सय २३ रोजगारी सिर्जना गर्ने प्रतिबद्धता प्राप्त भएका उद्योग भएको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। वर्तमान सरकार गठन भएको एक सय दिनका अवधिमा थप दुई […]















