JCI बकैया द्दारा नसर्ने रोग पहिचान शिविर सफलतापूर्वक सम्पन्न…
मिति २०८१/११/१५ बिहीवारका दिन बकैया जेसिजको आयोजनामा तथा बकैया गाउँपालिकाको समन्वयमा बकैया गाउँपालिका-७, भिर्कोटस्थित आधारभूत स्वास्थ्य चौकीमा एकदिने नसर्ने रोग पहिचान शिविर सफलतापूर्वक सम्पन्न भयो। उक्त शिविरबाट १८४ जना सेवाग्राही लाभान्वित भएका छन्, जसमध्ये ६९ जनामा नयाँ मधुमेह रोग पहिचान गरिएको छ।

उक्त कार्यक्रमको अध्यक्षता JCI बकैया २०२५ का अध्यक्ष शौभाग्य दुतराज ले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा बकैया गाउँपालिकाका स्वास्थ्य संयोजक रमेश फुयाल रहनुभएको थियो।
कार्यक्रम संयोजन २०२५ का EVP आशिष बास्तोला ले गर्नुभएको थियो। स्वागत मन्तव्य सुनिल राउत ले प्रस्तुत गर्नुभएको थियो। साथै, कोषाध्यक्ष सुरज दुलाल, निवर्तमान अध्यक्ष सुसिल घिमिरे लगायत बकैया जेसिजका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।





