कोल्हवी नगरपालिका बारा

कोल्हबीमा सहकारी दिवसमा मल संकटबारे मेयर चौधरीको चिन्ता

बारा, कोल्हबी — कोल्हबी नगरपालिकामा ६९औँ सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा नगरप्रमुख रामप्रसाद चौधरीले कृषिमा देखिएको मल अभावप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

कार्यक्रममा बोल्दै मेयर चौधरीले हाल मलको समस्या निकै जटिल बन्दै गएको उल्लेख गर्दै कृषकहरू ठूलो समस्यामा परेको बताए। उनले भने, “अहिले मलको विषय निकै गम्भीर अवस्थामा पुगेको छ। किसानले समयमा आवश्यक मल पाउन सकेका छैनन्।”

मेयर चौधरीका अनुसार नगरपालिका स्तरमै पर्याप्त व्यवस्थापन हुन नसक्दा आफूले समेत सीमापारि भारतबाट साइकलमा ल्याइएको मल किन्नुपरेको अवस्था आएको छ। “जब एउटा पालिकाको मेयरले नै बाहिरबाट ल्याइएको मल किन्नुपर्ने अवस्था छ भने सर्वसाधारण किसानले कसरी खेती गरिरहेका होलान् भन्ने सहजै अनुमान गर्न सकिन्छ,” उनले बताए।

उनले सम्बन्धित निकायलाई किसानको समस्यालाई प्राथमिकतामा राख्दै मल आपूर्तिमा सहजता ल्याउन आग्रह समेत गरेका छन्।#trending #bara #kolhabi

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *