चाड बाडको मौका छोपी कोल्हवी बजारमा अखाद्य बस्तु विक्रि वितरण
हिजो कोल्हबी बजार मा सहायक सिडियो को उपस्थिती मा जिल्ला बाट आएको टोलि ले विभिन्न पसल छापा मारेको छ । छापा मार्दा अखाद्य र म्याद गुज्रिएको बस्तु फेला परेको थियो । अखाद्य बस्तु बेचेको भन्दै केही पसललाई जरिवाना गरिएको छ । अनुगमन टोलि लाई उधोग वाणिज्य संघ कोल्हबी का अध्यक्ष सहित केही ब्यापारी ले बिना जानकारी छापा मारेको भनेर बिरोध गर्दै हुलहुज्जत गर्न खोजेको टोलीले जानकारी दिएको छ । उनिहरुका अनुसार पहिलो पटक भएकोले १० हजार मात्र जरिवाना गरेर टोलि फर्किएको थियो।





