प्रदेश खबर बागमती प्रदेश मधेस प्रदेश

दशैंअघि बि.पी. राजमार्ग सञ्चालन गर्न नसकिने मन्त्रालयको निष्कर्ष

भौतिक पूर्वाधार मन्त्रालयले वीपी राजमार्ग दशैं अगाडि खुलाउन नसकिने बताएको छ । भौतिक पूर्वाधार तथा यातयात सचिव केशवकुमार शर्माले बिपी राजमार्ग दशैंअघि नखुल्ने बताएका हुन्।

मन्त्रालय र सडक विभागको टोली बुधबार नेपाली सेनाको हेलिकप्टरबाट निरीक्षणमा गएको थियो। बिहीबार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव शर्माले राजमार्गको धेरै ठाउँमा क्षति पुगेका कारण दशैं अघि तत्काल बाटो खुलाउन सकिने अवस्था नरहेको बताएका हुन्।

उनले भने, ‘जतिसक्दो छिटो खुलाउने प्रयत्न गर्छौं। कतिपय ठाउँमा पूरै खोलै फर्काउनु पर्ने भएको छ। जसले गर्दा धेरै समय लाग्छ ।’

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *