नव निर्वाचित सांसद गणेश धिमाललाई नगर उद्योग वाणिज्य संघ कोल्हवीद्वारा सम्मान तथा स्वागत
बारा — नगर उद्योग वाणिज्य संघ कोल्हवी, बाराले नव निर्वाचित प्रतिनिधि सभा सदस्य गणेश धिमाललाई एक कार्यक्रमबीच सम्मान तथा स्वागत गरेको छ। कोल्हवीमा आयोजित उक्त कार्यक्रममा स्थानीय व्यवसायी, बुद्धिजीवी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै संघका पदाधिकारीहरूले नव निर्वाचित सांसद धिमाललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै कोल्हवी क्षेत्रको आर्थिक, व्यापारिक तथा पूर्वाधार विकासमा विशेष ध्यान दिन आग्रह गरेका थिए।
सम्मान ग्रहण गर्दै सांसद धिमालले आफू जनताको अपेक्षा अनुसार काम गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै व्यवसायीहरूको हकहित र क्षेत्रीय विकासका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए।






