बारा जिज्ला कोल्हबी नगरपालिका वडा नम्बर ५ घर भएका एक जना ४३ ग्राम सुनसहित रातोमाटे मकवानपुरबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाराको कोल्हवी ५ बस्ने ३३ वर्षका जोशी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकोजिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी रातोमाटे मकवानपुरका प्रहरी टोलीले पूर्व पश्चिम सडकखण्डमा कोल्हवीबाट नारायणघाटतर्फ जाँदै गरेको सवारी रोकेर जाँच गर्दा ना ५ ख ५१२९ नम्बरको बसमा सवार उनलाई हेटौँडा १५ रातोमाटेबाट पक्राउ गरेको जनाएको छ ।
उनको साथबाट ४३ दशमलब ३८ ग्राम सुन जस्तो देखिने पहेलोँ धातुको पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । बरामद सुनको आजको बजार भाउ ६ लाख ३५ हजार २२६ रुपैँया रहेको प्रहरीको भनाई छ ।
पक्राउ परेकालाई आवश्यक कारबाही लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।





