निजगढ नगरपालिका प्रदेश खबर बारा मधेस प्रदेश

बाराको निजगढमा एक ११ वर्षीया बालिकाको बलात्कार भएको छ

बाराको निजगढमा एक ११ वर्षीया बालिकाको बलात्कार भएको छ । निजगढ नगरपालिका १३ पानीसरामा आइतबार राती बालिकाको बलात्कार भएको हो ।

सामान किनिदिने प्रलोभन देखाएर एक व्यक्तिले जंगलमा लगि बालिकाको बलात्कार गरेको प्रहरीको भनाई छ । बाराका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बालिकाको बलात्कार भएको पुष्टि गरेका छन् । बलात्कृत बालिकालाई स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको छ ।

बालिका बलात्कार गरेको आशंकामा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका पुरुष मकवानपुरका हुन् ।

४/५ दिन अगाडी डम्बरपुरस्थित फुफुको घर आएकी थिईन् । बालिकालाई मकवानपुरको बकैया गा.पा.–२ घरभई हाल निजगढ न.पा.–१३ डम्बरपुर बस्ने लाल बहादुर गोलेको घरमा मजदुरी काम गर्दै बस्दै आएको अन्दाजी ४१ वर्षिय लाल कुमार घलानले बालिकालाई ललाई फकाई नजिकैको खयरघारीमा लगेर बलत्कार गरेको प्रहरीले जनाएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *