प्रदेश खबर बारा मधेस प्रदेश

बारामा मोटरसाइकल दुर्घटना मा परि एक युवाको ज्यान गएको छ

बाराको नितनपुरमा बिहीबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक वीरगन्ज महानगरपालिका १० विन्दावासिनीका २० वर्षीय राज मियाँ रहेका छन् । उनको उपचारका क्रममा एलएस न्यूरो अस्पतालमा मृत्यु भएको बारा प्रहरीले जनाएको छ दुर्घटनामा पर्सा बहुदरमाई नगरपालिका ६ भवराटारका १७ वर्षी महबुब मियाँ र वीरगन्ज महानगरपालिका १० केहुनियाका १६ वर्षीय बिक्की यादव घाईते भएका छन् । उनिहरुको एलएस न्यूरो अस्पतालमा उपचार भईरहेको छ ।

जीतपुरबाट वीरगन्जतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०२८प ३९०९ नम्बरको मोटरसाइकल जीतपुरसिमरा उपमहानगरपालिका १० नितनपुरस्थित शिवशक्ती पेट्रोलपम्प अगाडि अनियन्त्रित भई सडक छेउको रेलिङमा ठोक्किएको थियो । प्रहरीका अनुसार मोटरसाइकलमा तीन जना सवार थिए ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *