Uncategorized पर्सा प्रदेश खबर प्रविधी मधेस प्रदेश

भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले नेपाली भूमीमै छिरेर गोली चलाए

विरगन्ज–रक्सौल नाकास्थित नेपाल तर्फको भूभागमा मंगलबार दिउँसो गोली चलेको छ । भारत तर्फबाट चारजना व्याक्तिलाई खेद्दै आएका भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले नेपाली भूमीमै छिरेर गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् ।

नेपाल–भारत सीमामा अवस्थित मितेरी पुलको तलतिरको नेपाली भू-भागमै प्रवेश गरेर एसएसबीले गोली चलाएको प्रत्यक्षदर्शी एक महिलाले बताइन् ।

कबाड संकलन गर्ने दुई महिला र दुई पुरुषलाई भारतीय भूमीमा पर्ने अहरिवा टोलाबाट खेद्दै आएका एसएसबीका एक जवानले गोली चलाएको ती महिलाले बताइन् । एसएसबीले चलाएको गोली भने कसैलाई नलागेको ती प्रत्यक्षदर्शी महिलाले जानकारी दिइन् । एसएसबीले गोली चलाएपछि भने कबाडीहरू भने नेपालतर्फ भागेको उनले बताइन् । एसएसबीले गोली चलाउनुको कारण भने खुल्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले भने घटनास्थलमा एउटा गोलीको खोका भेटिएको बताए ।नेपाल–भारत सीमास्थित मितेरी पुलको छेउमा रहेको नेपाली भू-भागमा इन्सास राइफलमा लाग्ने एउटा गोलीको खोका भेटिएको उनले बताए ।

प्रहरी नायब उपरीक्षक भारतीले भने,‘गोलीको खोका भेटिएको छ । तर गोली नै चलेको भन्ने पुष्टि भइसकेको छैन । घटटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान गगरिरहेको छ ।’

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *