प्रदेश खबर मधेस प्रदेश सर्लाही

सर्लाहीमा घरबाटै हराएकी एक बृद्वा जंगलमा सकुशल भेटीएकि छिन।

सर्लाहि जिल्ला को हरिवन नगरपालिका-१, मा गत शनिबार राति घरबाट हराएर बेपत्ता भएकी ८७ बर्षिया सुनमाया लो आज (मंगलबार) बिहान सकुशल भेटीएकि हुन्। मध्यराति घरको सुतेकै कोठाबाट हराएपछि परिवारका सदस्यले खोजि गरिदिन भनि इलाका प्रहरी कार्यालय हरिवनमा निबेदन दिएका थिए।

सोहि निवेदनका आधारमा खटिएको प्रहरीको टोलीले स्थानीयको सहयोगमा आज बिहान बृद्वालाई सोहि वडाको वेलन्दी डाँडास्थित एक जंगलबाट उद्वार गरेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। प्रहरीका अनुसार बृद्वा उक्त जंगलमा सल भुईमा बिछाएर सुतिरहेकी थिइन्। उद्वारपछि प्रहरीले बृद्वालाई आफन्तलाई बुझाईसकेको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *