सुवर्ण गाउँपालिकाको ब्रह्मलुट–तालिम कार्यक्रममा ४० प्रतिशतसम्म कमिशन, उपलब्धी शून्य, जाप्रतिनिधी मालामाल

बाराको दक्षिण सिमावर्ती सुवर्ण गाउँपालिकाको ब्रह्मलुट छत्ताछुल्ल भएको छ। गाउंपालिकामा लक्षित बर्गको योजना ९तालिम कार्यक्रम०मा जनप्रतिनिधिले चालिस प्रतिशात सम्म कमिसन लिई योजना बिक्रीवितरण गरिएको रहस्य बाहिरिएपछि त्यहांको ब्रह्मलुट सार्वजनिक भएको हो।
गाउँपालिकाको पालिका स्तरीय र वडा स्तरिय लक्षितबर्गको कार्यक्रम गर्ने संस्थाहरुले ४० प्रतिशातसम्म कमिसन अग्रिम बुझाउने गरेको समाचार श्रोतले दाबि गर्दा जमिनमा समेत त्यही अवस्था देखिएको छ।
एउटै संस्था ुश्रम बिकास नेपाल कलैया(६ बाराु नामक गैरसरकारी संस्थाले विभिन्न वडामा कार्यक्रम गर्न लागेको छ। आर्थिक बर्ष ०८१र०८२ को लक्षित बर्गको कार्यक्रम संचालन गरेर गैरसरकारी संस्थाले नेपाल सरकारको रकम बालुवामा पानी मिसाएको सरह काम गरेका छन ।
हरेक बर्ष सुवर्ण गाउँपालिकाले लक्षितवर्ग तर्फको कार्यक्रममा करोडौं रकम खर्च गरिएको भएपनी स्थानीय तहमा उपलब्धि शून्य रहेको सुवर्ण गापाको स्थानीले बताएका छन ।
सुवर्ण गाउँपालिकाको निमित प्रमुख प्रशासकीय अधिकृत संजित यादव एव समाजिक बिकास शाखा प्रमुख सिवरतन साहले वडा स्तरिय योजनाहरु बाट १० देखि १५ प्रतिशात सम्म रकम असुल्ने गरिएको रहस्य बाहिर आएका छन । यसैगरी विभिन्न वडाका अध्यक्षहरुले ३० देखि ४० प्रतिशात सम्म लक्षित बर्गको कार्यक्रममा कमिसन लिएर कार्य सम्पन्नको सिफारिस दिने गरिएको छ ।
बाराको आदर्श कोतवाल गाउँपालिका ६ टेढाकटीको रुपौलिया महिला बिकास संस्थाले समेत सुवर्ण गाउँपालिकामा महिलाहरूलाई हिंसामुक्त तथा जनचेतना तालिम, यसैगरी किशोरीहरुकोलागी प्रजन्न स्वास्थ सम्बन्धि जनचेतनामूलक तालिमको आयोजना असारे बिकासमा गरेका छन। लक्षितवर्ग तर्फको कार्यक्रममा एउटै संस्था लाई फर्जी कोटेसन मार्फत सम्झौता गरिएको रहस्य बाहिर आएका छन । यसैगरी सुवर्ण गाउँपालिकाको उपाध्यक्ष पुनम देबि यादवले समेत आफ्ना लक्षित बर्गको कार्यक्रम चालीस प्रतिशातसम्म रकम असुल गरेको समाचार श्रोतले दाबी गरेको छ। उपाध्यक्ष आमा सुधार कार्यक्रम महिला तत्मा समाज सेवा केन्द्र महागढीमाई २ लाई दिइएको छ । यसैगरी उपाध्यक्षकै कोटामा परेका साईबर अपराध तथा लागू औषध सम्बन्धि कार्यक्रम समेत कमिशनको भरमा बिक्री गरिएको समाचार प्राप्त भएको छ।
यता न्यु फ्रेन्डस क्लब करैयामाई ८ नरहिले समेत महिलाहरुको महिनवारी सम्बन्धि जनचेतनामूलक कार्यक्रम तथा महिलाहरुलाई दाइजोप्रथा सम्बन्धि कार्यक्रम संचालन गर्न लागेको छ। यी संस्थाले गर्न लागेको कार्यक्रम सुवर्ण गापाको कुन वडामा गर्ने भने खुलाइएको छैन।
बाराको दक्षिणी भेगमा अवस्थित सुवर्ण गाउँपालिकाको विभिन्न वडामा गर्न लागेको यि कार्यक्रमहरु ुएनि हाउ पैसा कमाउु नारामा अभिप्रेरित रहेको बुझिएको छ।
ती संस्थाहरुले कार्यक्रम संचालन गर्दा सहभागीको संख्या नपुगेको वडामा फर्जी सहभागिको नाम राखेर गोरखधन्दा संचालन गरि भुक्तानीको लागि बिल भर्पाई समेत नक्कली पेश गर्ने गरिएको छ ।
यस्ता कार्यक्रम संचालन गर्न गोप्य सुचना निकाली प्रकाशित पत्रीका बजारमै नल्याई सुवर्ण जनताको करको रकम आफ्नो झोलिमा पार्न उद्दत देखिन्छ।





