ज्यानको जोखिम मोलेर कोल्हवी नगर प्रमुखले हात्ती धपाए

सधै जसो कोल्हवी नगरपालिका वडा नं २ भलुवाईखोर हनुमानगंज आएर किसानको धान खाने हात्ती भने गए राति कोल्हवी नगरपालिका वडा नं ५ रामबन पुगेको छ।हात्ती रामबन गाउँमा पसेर धान र केरा खान थाले पछि बाराका गतिविधिका प्रबन्ध निर्देशक पत्रकार सुरज बिक्रम ज्युले बाराको गतिविधिमा सावधानी अपनाउन आग्रह गर्दै हात्तीको फोटो सहित पोष्ट गरेपछि कोल्हवी नगर प्रमुख रामप्रसाद चौधरी दलबल सहित रामबन पुगेर हात्ती धपाएका छन्। उनले जनपथ प्रहरी , सशस्त्र प्रहरी को दुई गाडी प्रहरी बोकेर हात्तीले क्षती गरेको स्थान गएका थिए।
उनिहरु गएपछि हात्ती जंगल पसेको थियो। हात्तीले रामबन क्षेत्रमा लगाएको विघौ विघा धान र केरा नष्ट गरेको छ।






