तिहार र छठ पर्वलाई लक्षित गरी भारतीय बजारमा किनमेल गर्न जाने नेपाली ग्राहकले अत्यधिक दरमा भारु साट्न बाध्य भइरहेका छन्
तिहार र छठ पर्वलाई लक्षित गरी भारतीय बजारमा किनमेल गर्न जाने नेपाली ग्राहकले अत्यधिक दरमा भारु साट्न बाध्य भइरहेका छन्। वीरगञ्ज नजिकैको भारतीय बजार रक्सौलमा अहिले नेपालीहरू चाडबाडका लागि आवश्यक सामग्री किन्न पुगेका छन्, तर भारु नहुँदा उच्च दरमा कमिशन तिरेर सामान किन्न बाध्य छन्।
नेपाली ग्राहकले भारु नपाएको अवस्थामा एक सय भारुका लागि १६६ देखि १६८ नेपाली रुपैयाँ तिर्नुपरेको वीरगञ्ज महानगरपालिका–१० निवासी धर्मनाथ सर्राफले जानकारी गराए।
भारतीय व्यापारीहरूले नेपाली रुपैयाँ लिएर कारोबार गर्दा सयकडा ६ प्रतिशतसम्म कमिशन थपेको ग्राहक दीपक सर्राफले बताए। उनले भने, “भारतीय व्यापारीहरूले सामान खरिद गर्दा भारु एक सयको बदलामा नेरू एक सय ६६ देखि बढीमा १६८ रुपैयाँसम्म माग्छन्।”





