लगातारको वर्षा पछि देशले यत्रो महामारी भोग्यो, जनताको काम गर्छु भनेर पदमा पुगेका हरु उदासीन गैरजिम्मेवार देखिए तर कोल्हवी नगरपालिका र निजगढ नगरपालिकामा गत स्थानीय चुनावमा पराजित दुई युवा भने आफुले सकेको जिम्मेवारी पूरा गर्न लागे। निजगढ नगरपालिकामा गत स्थानीय तहको निर्वाचनमा उपमेयर पदमा पराजित
काठमाडौँ । देशभर भएको अबिरल वर्षाका कारण आएको बाढी र पहिरोले विद्यालयहरूमा ठूलो क्षति पुर्याएको छ, जसले गर्दा ८ जना विद्यार्थीको ज्यान गएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म ६ जना विद्यार्थीको मृत्यु पुष्टि भएको छ भने बाँकी २ जना बुटवलको कालिका माविमा अध्ययनरत विद्यार्थीहरूको मृत्युको विवरण अध्यावधिक गर्न बाँकी […]
आइतबार बारा जिल्लाको सिम्रौनगढ-टमागढी सडकखण्डमा पिकअप भ्यानले ठक्कर दिँदा एक साइकल यात्रीको मृत्यु भएको छ। प्रहरीका अनुसार, रौतहटको मौलापुर नगरपालिका-८ का ५५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीले कोल्हवी नगरपालिका-१ का साजन चौधरी र प्रिन्स जयसवाललाई नियन्त्रणमा लिई दुर्घटनामा संलग्न सवारीसाधन जफत गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
१२ असोज, हेटौंडा । मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकास्थित सिस्नेरी बजार नजिकै रहेको बत्सलादेवी माविमा फुटबल प्रशिक्षण गरिरहेका ६ जना बालक बाढीका कारण बेपत्ता भएका छन्। शनिबार बिहान कुलेखानी जलासयको ढोका खोलिएपछि आएको बाढीले विद्यालय नजिकैको खोलामा पानीको सतह तीव्र रूपमा बढाएको थियो। यस क्रममा, अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा सञ्चालित एकेडेमीमा प्रशिक्षण गरिरहेका









