सुरज बिक्रम , बारा कोल्हवी । परोपकार कृषि सहकारी संस्थामाथि आर्थिक हिनामिना, रकम अपचलन, मिटर ब्याज तथा अवैध आर्थिक गतिविधिसम्बन्धी विभिन्न आरोप सार्वजनिक भइरहेका बेला सहकारीका प्रवन्धक अशोक कुमार सिंहले ती आरोपहरू अस्वीकार गर्दै निष्पक्ष छानबिनका लागि आफू तयार रहेको बताएका छन् । सहकारीबारे
बाराको कोल्हबी नगरपालिका वडा नम्बर ८ नयाँबस्ती क्षेत्रमा वन तथा एलानी जग्गाभित्र सडक स्तरोन्नतिको नाममा भइरहेको निर्माण कार्यले अहिले स्थानीय तह, वन कार्यालय र राजनीतिक नेतृत्वमाथि गम्भीर प्रश्न खडा गरेको छ। स्थानीयवासीले “जनताको आवश्यकता भन्दा कमिशनमुखी योजना” भन्दै तीव्र असन्तुष्टि जनाएका छन्। स्थानीय स्रोतका अनुसार सुरुमा करिब २ करोड रुपैयाँ बराबरको सडक योजना प्रस्ताव
सुरज विक्रम , कोल्हबी । बाराको कोल्हवी नगरपालिका वडा नम्बर ५ बोधवनमा दर्ता भई वडा नम्बर ८ स्थित बेलवा बजारबाट सञ्चालन हुँदै आएको परोपकार कृषि सहकारी संस्था लिमिटेड माथि आर्थिक हिनामिना, अपचलन तथा मिटर ब्याजसँग सम्बन्धित गम्भीर आरोप सार्वजनिक भएका छन्। स्थानीय स्रोतका अनुसार सहकारीका प्रवन्धक अशोक कुमार सिंह सहकारीकै हिसाब हिनामिना तथा रकम अपचलन […]
सुरज विक्रम ,कलैया । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्ला संगठन निर्माण विशेष समितिले जिल्लाभर सञ्चालन भइरहेका पार्टीका सम्पूर्ण संगठनात्मक गतिविधि अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको छ। समितिको २०८३ साल जेठ १ गते बसेको बैठकले सदस्यता वितरण बाहेकका वडा, पालिका तथा निर्वाचन क्षेत्रस्तरीय सबै संगठनात्मक कार्यक्रम अर्को निर्णय नभएसम्म रोक्ने निर्णय सार्वजनिक
सुरज विक्रम , बारा कोल्हवी , “औद्योगिक वातावरण सुधारः दिगो अर्थतन्त्रको आधार” भन्ने मूल नारासहित कोल्हवी नगरपालिकामा बजार विस्तार तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। घरेलु तथा साना उद्योग कार्यालय, कलैयाको आयोजनामा भएको कार्यक्रममा स्थानीय उद्योग, व्यापार तथा उद्यमशीलताको विकासका विषयमा व्यापक छलफल गरिएको थियो। कार्यक्रमको सभापतित्व घरेलु तथा साना उद्योग कार्यालय
सुरज विक्रम ,बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराको आसन्न जिल्ला अधिवेशन नजिकिँदै जाँदा जिल्लाको राजनीतिक माहोल दिनप्रतिदिन तातिँदै गएको छ । यसैबीच नेकपा एमालेबाट निर्वाचित महागढीमाई नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष बिश्वनाथ प्रसाद कुश्वाहा नै रातिको समयमा रास्वपाको सदस्यता वितरण तथा संगठन विस्तारमा सक्रिय रहेको भन्दै विभिन्न राजनीतिक वृत्तमा तीव्र बहस सुरु
बाराको कोल्हबी नगरपालिका वडा नं. ५ र ६ का किसानहरूको वर्षौंदेखिको सिंचाइ समस्यालाई समाधान गर्ने उद्देश्यले सञ्चालन गरिएको बकैया खोलाबाट सिंचाइ कुलो खन्ने कार्य तीव्र रूपमा अगाडि बढाइएको छ। उक्त निर्माण कार्यको नगरप्रमुख राम प्रसाद चौधरीले स्थलगत रूपमा पुगेर अनुगमन गरेका छन्। नगरप्रमुख चौधरीले निर्माणाधीन कुलो क्षेत्रको निरीक्षण गर्दै कामको प्रगति, गुणस्तर तथा आवश्यक
बाराको तीन नम्बर पुल क्षेत्रमा शुक्रबार बिहान डोजर चलेपछि दशकौँदेखि सञ्चालनमा रहेको स्थानीय बजार एकाएक सुनसान बनेको छ । डिभिजन वन कार्यालय बारा ले पर्सा राष्ट्रिय निकुञ्ज र डिभिजन सडक कार्यालय हेटौंडा को सहयोगमा उक्त क्षेत्र खाली गराएको हो । वन कार्यालयका प्रमुख सुजित कुमार झा का अनुसार वन क्षेत्र तथा निकुञ्जभित्र अनधिकृत रूपमा बसोबास […]
रौतहटको कटहरिया क्षेत्रमा एकैपटक सम्पर्कविहीन भएका तीन जना विद्यालयका विद्यार्थी अन्ततः सकुशल अवस्थामा फेला परेका छन्। घटनाले दुई दिनसम्म स्थानीय समुदाय, अभिभावक र प्रहरी प्रशासनलाई गम्भीर चिन्तामा पारेको थियो। कटहरिया नगरपालिका–५ निवासी १४ वर्षीय सकील अन्सारी, १४ वर्षीय कुन्दन साह सोनार र १२ वर्षीय पवन कुमार दास सरभंग सोमबार दिउँसोदेखि अचानक हराएका थिए। उनीहरू त्रीशक्ति











