ठूला उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्दा तथा बजार साँघुरिदै गएपछि पर्सा–बारा औद्योगिक करिडोरका एक दर्जनमध्ये ७ वटा सिमेन्ट उद्योग बन्द भएका छन् । तीन वर्षयता यहाँका सिमेन्ट उद्योग धमाधम बन्द हुन थालेका हुन् ।हालसम्म कलश, इन्टरनेशनल, रिलायन्स, एडवान्स, आरएमसी, कृष्णा, स्टार सिमेन्ट उद्योग बन्द
बाराको निजगढमा एक ११ वर्षीया बालिकाको बलात्कार भएको छ । निजगढ नगरपालिका १३ पानीसरामा आइतबार राती बालिकाको बलात्कार भएको हो । सामान किनिदिने प्रलोभन देखाएर एक व्यक्तिले जंगलमा लगि बालिकाको बलात्कार गरेको प्रहरीको भनाई छ । बाराका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बालिकाको बलात्कार भएको पुष्टि गरेका छन् । बलात्कृत बालिकालाई स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको […]
पूर्व–पश्चिम राजमार्गमा पर्ने निजगढ नगरपालिका–९ अस्पताल मार्गमा निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल बुधबारदेखि सञ्चालनमा आएको छ । औपचारिक उद्घाटनको तीन दिनअघि शिविर सञ्चालन गरेर ५ सय ५४ बिरामीको शल्यक्रिया गरिएको थियो । शिविरमा ४ हजार ३५ जनाले सेवा लिएका थिए । त्यसपछि अस्पताल विधिवत् सञ्चालनमा ल्याइएको हो । मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले उद्घाटन गर्दै […]
सोना एकेडेमी स्कुलका प्रिन्सिपल साह बालबालिका विरुद्धको कसुरमा पक्राउ परेका छन् । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ बाईबास रोडमा रहेको सोना एकेडेमी सेकेन्ड्री एङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल अमित साह बालबालिका विरुद्धको कसुरमा पक्राउ परेका हुन् । प्रिन्सिपल साहले भदौ १८ गते ६ वर्षीय बालिकालाई स्कुलमा निर्घात कुटपिट गरेको भन्दै अभिभावकले जिल्ला प्रहरी कार्यालय बारामा
तामागढी बचत तथा ऋण सहकारी संस्था लि. कोल्हबीको १६औ वार्षिक साधारण सभा सम्पन्न ।आर्थिक वर्ष ०८०/०८१ मा ३८ करोड ९० लाख बराबरको कारोबार। कोल्हबी -२४ कार्तिक, तामागढी बचत तथा ऋण सहकारी संस्था लि. कोल्हबीको १६औ वार्षिक साधारण सभा बाराको कोल्हबी बजारमा अवस्थित तामागढी एभेन्ट भेन्युको सभाहलमा सम्पन्न भएको छ।अषाढ मसान्तसम्ममा झण्डै ६ हजार शेयर सदस्य […]
बाराको नितनपुरमा बिहीबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक वीरगन्ज महानगरपालिका १० विन्दावासिनीका २० वर्षीय राज मियाँ रहेका छन् । उनको उपचारका क्रममा एलएस न्यूरो अस्पतालमा मृत्यु भएको बारा प्रहरीले जनाएको छ दुर्घटनामा पर्सा बहुदरमाई नगरपालिका ६ भवराटारका १७ वर्षी […]
चाडपर्व नजिकिएसँगै बारामा बजारमा किनमेल गर्नेहरूको भिडभाड बढेको छ । हिन्दुहरुको महान चाड छठ नजिकिए सगै किनमेल गर्नेहरूको भिडभाड बढेको हो । बाराको जीतपुर,सिमरौनगढ,कलैया,हरनहिया, गन्जभवानिपुर , कोल्हवी ,परवानिपुर बजारमा किनमेल गर्नेहरुको भिडभाड लाग्ने गरेको हो । विशेष गरी कपडा, शृङ्गार पसल र खाद्यान्न पसलमा दैनिक भिड लाग्ने गरेको छ । त्यस्तै सुन पसलमा पनि त्यत्तिकै […]
बारामा धारिलो हतियार प्रयोग गरि हत्या गर्ने जिल्ला बारा महागढीमाई नगरपालिका वडा नं.- १ सेमरा तेगछिया नयका टोल बस्ने अन्दाजी बर्ष ५५ को भुमि सुधार भन्ने श्री नारायण प्रसाद यादवलाई सेमरा तेगछिया सडक खण्डमा मिति २०८१/०७/१० गते साँझ अन्दाजी ७:३० बजेको समयमा पसलबाट घर जाने क्रममा धारिलो हतियारले टाउको पछाडि गर्दनमा प्रहार गरी हत्या गरेको […]
तिहार र छठ पर्वलाई लक्षित गरी भारतीय बजारमा किनमेल गर्न जाने नेपाली ग्राहकले अत्यधिक दरमा भारु साट्न बाध्य भइरहेका छन्। वीरगञ्ज नजिकैको भारतीय बजार रक्सौलमा अहिले नेपालीहरू चाडबाडका लागि आवश्यक सामग्री किन्न पुगेका छन्, तर भारु नहुँदा उच्च दरमा कमिशन तिरेर सामान किन्न बाध्य छन्। नेपाली ग्राहकले भारु नपाएको अवस्थामा एक सय भारुका लागि १६६ […]
वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्वारिकाप्रसाद उप्रेती छानबिनका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा तानिएका छन् । डेनमार्कको अवैतानिक श्रम संयोजक बनाइदिने भन्दै एक व्यक्तिसँग २० लाख रुपैयाँ लिएको रसिदसहितको उजुरी परेपछि श्रम मन्त्रालयले उनलाई छानबिनका लागि मन्त्रालय तानेको हो । मन्त्रालयले उप्रेतीमाथि छानबिन गर्न कानुन उपसचिव शारदा राउतको संयोजकत्वमा















