Home प्रदेश खबर मधेस प्रदेश Archive by category बारा (Page 5)
बारा मधेस प्रदेश

सपही–प्रसौना सडकमा समा कन्स्ट्रक्सनको चरम ढिलासुस्ती : खाल्डो खनेर ‘ज्यान मार्ने पासो’, कोल्हवी नगरपालिका र वडा नं. ६ मौन !

सुरज बिक्रम, कोल्हवी । बाराको कोल्हवी नगरपालिका–६ अन्तर्गत सपही–प्रसौना सडकखण्डमा निर्माणाधीन पुल तथा सडक संरचनाको काममा चरम ढिलासुस्ती र लापरबाही भएको भन्दै स्थानीयले निर्माण कम्पनीसँगै कोल्हवी नगरपालिका र वडा कार्यालयको भूमिकामाथि प्रश्न उठाएका छन्। पुल निर्माणका लागि सडकमा खाल्डो खनिएको लामो
बारा मधेस प्रदेश

वडा–नगरपालिका कुर्सीमा मस्त, बेल्वाको बाटो झाडीमा ध्वस्त! बाटो बचाउन महिलाले समाते हँसिया

सुरज बिक्रम, कोल्हवी । बाराको कोल्हवी नगरपालिका–८ मा पर्ने बेल्वा बजार (हाटबजार) जाने सडक लामो समयदेखि झाडी, जङ्गल र फोहोरले अस्तव्यस्त बनेपछि स्थानीय जागरुक महिला दिदीबहिनी तथा आमाहरू आफैं सरसफाइमा जुटेका छन् । हाटबजार जाने मुख्य बाटो असुरक्षित बन्दै गएको र सम्बन्धित निकायले बाटोको नियमित सरसफाइ तथा संरक्षणमा चासो नदिएको भन्दै स्थानीय महिलाहरूले सामूहिक रूपमा […]
बारा मधेस प्रदेश

बाढीपीडितका लागि फेटा गाउँपालिकाको १९ लाखभन्दा बढी सहयोग, जनप्रतिनिधिदेखि शिक्षकसम्मको योगदान

बारा । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि बाराको फेटा गाउँपालिकाले १९ लाख २ हजार ६३३ रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । विपद्को समयमा बाढी प्रभावित नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी तथा शिक्षक–कर्मचारीको योगदानसहित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप
बारा मधेस प्रदेश

कोल्हवीबाट संकलित राहत नुवाकोट पुग्यो, प्रहरीमार्फत बाढीपीडितलाई हस्तान्तरण

सुरज बिक्रम कोल्हवी, बारा । प्राकृतिक विपद्को कठिन घडीमा मानवीय संवेदना र सामाजिक एकताको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै बाराको कोल्हवीबाट संकलन गरिएको राहत सामग्री बाढी प्रभावित जिल्ला नुवाकोट पुर्‍याएर हस्तान्तरण गरिएको छ। कोल्हवीका स्थानीयवासी, उद्योगी-व्यवसायी, समाजसेवी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको संयुक्त सहभागितामा संकलन गरिएको सो राहत सामग्री नुवाकोटको
बारा मधेस प्रदेश

कोल्हवी–५ मा दलगत सीमाभन्दा माथि उठेर बृहत् राहत संकलन, भोटेकोसी–नुवाकोट–रसुवाका बाढीपीडितलाई सहयोग गर्ने तयारी

सुरज बिक्रम ,कोल्हवी । विपद्को समयमा राजनीतिक आस्था र दलगत सीमाभन्दा माथि उठेर कोल्हवी नगरपालिका–५ का स्थानीयवासी, समाजसेवी, जनप्रतिनिधि, राजनीतिक दल तथा विभिन्न संघसंस्था एकजुट भएका छन्। कोल्हवी–५ अन्तर्गत पर्ने रामबन, बोधवन र माछागाउँमा भोटेकोसी, नुवाकोट तथा रसुवाका बाढीपीडितका लागि बृहत् राहत संकलन अभियान सञ्चालन गरिएको हो। बाढीका कारण प्रभावित परिवारको पीडामा सहयोग
बारा मधेस प्रदेश

झाडीमा लुकाइराखिएको ५ थान सालको गोलिया बरामद, कोल्हबीमा वन गस्ती कडा

सुरज बिक्रम,बारा । कोल्हबी नगरपालिका–४ लामपोईनीस्थित झाडीबाट प्रहरीले अवैध रूपमा लुकाइराखिएको ठूलो परिमाणको सालको काठ बरामद गरेको छ। वन क्षेत्रमा अवैध कटान तथा चोरी निकासी भइरहेको आशंकाबीच प्रहरी र वन कर्मचारीको संयुक्त टोलीले खोजतलास गर्दा पाँच थान सालको गोलिया फेला पारेको हो। कोल्हबी सब–डिभिजन वन कार्यालयका वन अधिकृत कृष्ण पटेलका अनुसार संयुक्त टोलीले झाडी क्षेत्रमा […]
बारा मधेस प्रदेश

कोल्हवीको राहत अभियानमा राजनीतिक दलदेखि संघसंस्थासम्मको साथ, १ लाख २६ हजार ३३० नगदसहित राहत सामग्री बाढीपीडितका लागि पठाइयो

सुरज बिक्रम कोल्हवी । बाढी तथा विपद्बबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले कोल्हवी उद्योग वाणिज्य संघको पहलमा संकलन गरिएको राहत सामग्री जिल्ला प्रशासन कार्यालय बाराको समन्वयमा भोटेकोशी, रसुवा र नुवाकोटका बाढीपीडितका लागि पठाइएको छ। कोल्हवी उद्योग वाणिज्य संघका अध्यक्ष राम प्रसाद प्रसाईका अनुसार संघले कोल्हवी नगरपालिकाभित्र पर्ने बजार क्षेत्रमा मात्रै राहत संकलन
प्रविधी बारा मधेस प्रदेश

मिटरबिनाको विद्युत् खेलमा कालिका इन्टरप्राइजेजमाथि प्रश्नैप्रश्न, लाइन काटिएपछि महसुलको हिसाब कहाँ ?

सुरज बिक्रम | बारा बाराको कोल्हवी बजारमा विद्युत् जडानसम्बन्धी विवादमा परेको कालिका इन्टरप्राइजेजको विद्युत् लाइन काटिएको छ। कोल्हवी बजारका नगरपालिकाका सटरहरूमा विद्युत् जडानको प्रक्रिया र मिटरको अवस्थाबारे प्रश्न उठाउँदै समाचार प्रकाशित भएपछि कालिका इन्टरप्राइजेजको विद्युत् काटिएको स्वास्थ्य शाखाका प्रमुख मनोज चौधरीले जानकारी दिएका छन्। समाचारमा कालिका इन्टरप्राइजेजले
प्रदेश खबर बारा

बारा कोल्हवी–९ मुसर्नाका २० वर्षीय युवा असल ढुंगानाको उद्यमशील छलाङ, हेटौँडामा ३५ लाख लगानीको ‘सेक्रेट क्लोथिङ’

हेटौँडा । बारा जिल्ला कोल्हवी नगरपालिका–९, मुसर्ना घर भएका युवा उद्यमी असल ढुंगानाले युवा उमेरमै करिब ३५ लाख रुपैयाँ लगानी गरेर हेटौँडामा ‘सेक्रेट क्लोथिङ’ सञ्चालनमा ल्याएका छन्। केवल २० वर्षको उमेरमै व्यवसायमा प्रवेश गरेका ढुंगानाले हेटौँडा उपमहानगरपालिका–४, खोपेगल्लीमा आधुनिक फेसन तथा गुणस्तरीय कपडा बिक्री गर्ने उद्देश्यसहित क्लोदिङ व्यवसाय सुरु गरेका हुन्। युवा पुस्तामा
बारा मधेस प्रदेश

बोलेर होइन, गरेर देखाउने संकल्प : महागढीमाईमा चन्दन स्वर्णकार र उमाशंकर रौनियारको रोजगारी अभियान

सुरज बिक्रम ,बारा । महागढीमाई नगरपालिकामा स्थानीय युवालाई रोजगारीसँग जोड्ने उद्देश्यसहित उद्योगमार्फत आर्थिक गतिविधि विस्तार गर्ने अभियानले गति लिन थालेको छ। लामो समयदेखि रोजगारीको खोजीमा युवा विदेशिनुपर्ने तथा अन्य सहरमा पलायन हुनुपर्ने अवस्थाबीच चन्दन स्वर्णकार र उमाशंकर रौनियारले स्थानीयस्तरमै रोजगारीका अवसर सिर्जना गर्ने प्रतिबद्धता अघि सारेका छन्। ‘बोलेर होइन, गरेर
jQuery(document).ready(function ($) { $(document).on('click', '.pum-close', function (e) { e.preventDefault(); e.stopPropagation(); var $currentPopup = $(this).closest('.pum'); if ($currentPopup.length) { var popupId = $currentPopup.attr('id').replace('pum-', ''); PUM.close(popupId); } }); });