हिजो कोल्हबी बजार मा सहायक सिडियो को उपस्थिती मा जिल्ला बाट आएको टोलि ले विभिन्न पसल छापा मारेको छ । छापा मार्दा अखाद्य र म्याद गुज्रिएको बस्तु फेला परेको थियो । अखाद्य बस्तु बेचेको भन्दै केही पसललाई जरिवाना गरिएको छ । अनुगमन टोलि लाई उधोग वाणिज्य संघ कोल्हबी का अध्यक्ष सहित केही ब्यापारी
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले बाढी, पहिरो तथा डुबानबाट पीडितका लागि एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।उपराष्ट्रपति यादवले प्राकृतिक विपद्का कारण मुलुकमा ठूलो मात्रामा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले विपद्का कारण अकालमै ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतको शीघ्र
त्रिभुवन विश्वविद्यालयद्वारा प्रकाशित विविएस प्रथम वर्ष (परीक्षा वर्ष २०८०) परीक्षाको नतिजा अनुसार सपही कलेजबाट सर्वोत्कृष्ट अंक ३५५(७१%) सहित गुन्जा कुमारी उतिर्ण भएकि छिन् । ग्रामीण भेगमा रहेको यस कलेज बाट यती धेरै अंक प्राप्त गर्नु निकै महत्त्वपूर्ण कुरा हो । कलेज प्रशासनले गुन्जा कुमारी को मेहनत को निकै तारिफ गरेको छ। कमजोर पठनपाठन हुने चर्चा […]
हिन्दुहरूको महान चाड विजयादशमीको पावन अवसरमा कोल्हबी नगरपालिकामा अवस्थित वडा नं १ को ब्याडमिन्टन कोटमा ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । सो प्रतियोगितामा ७ वटा टोली रहने छन् ।उक्त खेलमा प्रथम हुने टिमले ४ किलोको कुखुरा (भाले) पाउने आयोजकले जनाएको छ। खेल नकआउट प्रतियोगिता हुने बुझिएको छ ।खेलाडीहरुको नामावली यस प्रकार रहेको१. दिपलाल चौधरी र […]
बाराको गतिविधि आज बाट आफ्नै website बाट सञ्चालनमा आएको छ। आज औपचारीक रुपमा सुरु भएको बाराको गतिविधि लामो समय समाजिक सञ्जाल फेसबुक ग्रुपमा सिमित थियो । आज बाट सुरु भएको गतिविधिलाई साथ सल्लाह सुझाव दिन सञ्चालक सुरज बिक्रमले आम पाठक बर्गमा आग्रह गरेका छन्। सञ्चालक बिक्रमले आफुले सक्दो पत्रकारिताको धर्म निभाउने बताएका छन्।
बारा । बारा प्रहरीले दसैँ–तिहार तथा छठ पर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । नजिकिदैँ गरेको चाँडपर्वलाई मध्यनजर गरेर प्रहरीले मंगलबार एक पत्रकार सम्मेलनमार्फत आफ्नो सुरक्षा योजना सार्वजनिक गरेको हो । प्रहरीले शान्तिपूर्ण चाँडपर्व मनाउनका लागि सुरक्षाका लागि एक हजार भन्दाबढी प्रहरी परिचालन गर्ने तयारी गरेको छ । दसैँ तिहारको मौका छोपी हुने चोरी […]















